Check, click, shop
आए रोयल इनफिल्डका दुई नयाँ बाइक, सर्बाधिक ठूलो इन्जिन

रोयल इन्फिल्डले इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जीटी ६५० लाई क्यालिफोर्नियामा २६ सेप्टेम्बरमा लन्च गरेको छ । ती बाइक केही समयमा भारतमा आउने र त्यसपछि नेपालमा पनि आउने अनुमान गर्न सकिन्छ ।

इन्टरसेप्टर ६५० को मूल्य ५ हजार ७९९ र कन्टिनेन्टल जीटी ६५० को मूल्य ५ हजार ९९९ डलरबाट प्रारम्भ हुन्छ ।
उक्त रोयल इनफिल्डको बाइकमा पावरफुल इन्जिन जडान गरिएको छ र रोयल इनफिल्डको लागि बनेको यो सबैभन्दा ठूलो इन्जिन पनि हो । दुबै बाइकहरु १६० किलोमिटर प्रतिघण्टाको स्पिडमा गुड्छन् ।

रोयल इनफिल्ड इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जीटी ६५० मा ६४८ सीसीको एयरकुल्ड, फ्युल इन्जेक्टेड समानान्तर ट्विन इन्जिन उपलब्ध छ, जसले ४७ एचपीको पावर र ५२ एनएमको टर्क जेनेरेट गर्छ ।

बाइकमा ६ स्पिडको गियरबक्स र स्लिपर क्लच पनि उपलब्छ छ । दुबै ह््वीलमा डिस्क व्रेक पनि समावेश गरिएको छ । यसको ग्राउण्ड क्लियरेन्स १७४ एमएम रहेको छ । बाइकको तौल २०२ किलोग्राम रहेको छ भने यसको रङ ५० र ६० को दशकमा प्रयोग हुने मोटरसाइकलको रङबाट प्रभावित छन् ।

कन्टिनेन्टल जीटी ६५० को डिजाइन रेस बाइकजस्तै डिजाइन गरिएको छ । इन्टरसेप्टर ६५० को बाइक स्ट्रिट बाइक जस्तै डिजाइन गरिएको छ । कन्टिनेन्टल जीटी ६५० मा १२.५ लिटरको फ्युल ट्यांकी र इन्टरसेप्टर ६५० मा १३.७ लिटरको ट्यांकी जडान गरिएको छ ।

रोयल इनफिल्डका यी बाइकले २५.५ किलोमिटर प्रति लिटरको माइलेज दिने कम्पनीले दावी गरेको छ ।

Subscribe Now