Check, click, shop
नाडा अटो शोमा रोयल इन्डफिल्डको परिमार्जित थन्डरबर्ड ३५० एक्स् र क्लासिक गन मेटल ग्रे ३५० मोडल सार्वजनिक

काठमाडौं - भाद्र २६ गतेदेखी राजधानीमा चलिरहेको नाडा अटो शोको अवसरमा ईछर मोटर्स लिमिटेडको रोयल इन्डफिल्ड ब्राण्ड थन्डरबर्ड ३५० एक्स् मोडल र क्लासिक गन मेटल ग्रे ३५० सिसि सार्वजनिक गरिएको छ ।

रोयल इन्डफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स्ले उक्त बाइक शुक्रबारदेखि
सार्वजनिक गरेको हो । यो रोयल इन्डफिल्ड थन्डरबर्डको परिमार्जित बाइक रहेको कम्पनीले जनाएको छ ।

उत्कृष्ट डिजाइनको उक्त थन्डरबर्ड एक्स् बाइक बिएस फोर मोडल, ट्युबलेस टायर, एलोई ह्विल, ह्यान्डल बारका साथै सेतो तथा रातो रङ्गमा उपलब्ध रहेको छ भने, क्लासिक गन मेटल ग्रे तर्फ बिएस फोर मोडल, डबल डिक्स, ब्राउन सिट कभर बिशेषता रहेको छ ।

Subscribe Now