Check, click, shop
आजवाट सार्वजनिक यातायातलाई रुट फ्री

काठमाडौं - आजवाट सार्वजनिक यातायातलाई रुट फ्री गरीएको छ । नेपालीहरुको माहान चाड दशैं मनाउन घर फर्किने यात्रुहरुलाई मध्यनजर गर्दै देशभर रुट परमिट खुल्ला गरीएको छ ।

विभागले घटस्थापनाको दिनदेखि ३१ गतेसम्म सार्वजनिक यातायातलाई रुट फ्री गरेको हो । दशैंको समयमा उपत्यका बाहिरिने यात्रुको चाप उच्च हुने भएकोले यातायात सेवा प्रभावकारी बनाउन रुट परमिट खुल्ला गरेको विभागले जनाएको छ ।

अव असोज ३१ गतेसम्म सार्वजनिक बसले जुनसुकै रुटमा यात्रु लिएर हिड्न पाउनेछन् । यात्रुहरु ग्रुपमा मिलेर आफैंले रूची र क्षमताअनुसार सुविधासम्पन्न बस रिजर्भ गर्न सक्ने छन् । यसको लागि टिकट काउन्टर र यातायात समितिको भर पर्नु पर्दैन । दशैं मनाउन उपत्यकाबाट २० लाख भन्दा बढी यात्रु उपत्यका बाहिरिने भएकाले यात्रु सहजताको लागि विभागले रुट परमिट खुल्ला गरेको हो ।

अब उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीलाई पनि बाहिर यात्रु बोक्ने बाटो खुलेको छ ।

 

Subscribe Now