Check, click, shop
हवाईजहाजको समस्या समाधान गर्न रोल्स रोयसको रोबोटिक कक्रोच

लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले विमानमा हुने समस्यालाई समाधान गर्नका लागि नयाँ उपायको रुपमा कक्रोच रोबाट अर्थात साङला जस्तै रोबोट बनाउने भएको छ ।

हेर्दा साङला जस्तै देखिने सो रोबोट विमानको इन्जिनमा सजिलैसँग पसेर समस्या समाधान गर्नेछ ।

रोल्स रोयसका अनुसार यस्तो रोबोटिक कक्रोच १० मिलिमिटर लामो हुनेछ भने यसको तौल केहि ग्राम मात्र हुनेछ । प्रत्येक कक्रोचमा एउटा सानो क्यामेरा जडान हुन्छ, जसले आफ्नो वरिपरिे एरियाको थ्रीडी स्क्यान गरेर म्यापिङ गर्न सक्नेछ । यसलाई सानो पाइपको सहयोगमा इन्जिन भित्र पठाउन सकिनेछ ।

कम्पनीले नटिंघम विश्वविद्यालय र हावर्ड विश्वविद्यालयसँगको सहकार्यमा यस्तो रोबोटको विकास गर्नेछ ।

रोल्स रोयसका टेक्नोलोजी विशेषज्ञ डा. जेम्स सेलकाअनुसार कक्रोच रोबोटले छिटै इन्जिनको चेम्बरमा गएर भएका समस्या पत्ता लगाएर समाधान गर्न सक्नेछन् । यी रोबोटका कारण विमानको इन्जिन मर्मतमा लाग्ने खर्च पनि कम हुने अनुमान गरिएको छ ।

हाल रोबोटिक्स कक्रोचको प्रोटोटाइप तयार गरिएको छ भने यसलाई पूर्णरुपमा तयार गर्न दुई वर्ष लाग्ने बताइएको छ ।

Subscribe Now