Check, click, shop
यी हुन् रोड रेसिङका १५० सीसी क्याटागोरी तर्फका विजेता

काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१८ मा १५० सीसी क्याटागोरी तर्फ विवेश श्रेष्ठले जित हासिल गरेका छन् ।

सो च्याम्पियनसिपमा आशिक लामा फस्र्ट रनर अप र पविन कार्की सेकेन्ड रनर अप भए ।

गत शनिबार आयोजित स्ट्रिट बाइक च्याम्पियनसिप ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१८’ मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको थियो ।

सो च्याम्पियनसिपलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का साथै नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को समेत समर्थन रहेको बताइएको थियो ।

गुर्जधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा सम्पन्न सोे च्याम्पियनसिप भएको थियो । सो रेसिङ प्रतियोगितामा १५० र २०० सीसीका स्ट्रिट बाइक कुँदाइएको थियो । प्रतियोगिताको १५० सीसी क्याटागोरीमा ४८ जना राइडरको सहभागिता थियो ।

च्याम्पियनसिपमा प्रथम, द्वितीय र तृतीय हुने राइडरलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारका साथै शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।

च्याम्पियनसिप विजेता मध्ये एक जना आगामी दिनमा हुने एसिया रोड रेसिङ च्याम्पियनसिपमा सहभागी हुने छन् ।

टीभीएस अपाचे आरटीआर सिरिजको मूख्य प्रायोजनमा सम्पन्न सो प्रतियोगिताका सहभागी खेलाडीहरुलाई टीभीएसका कुनै पनि बाइक खरिद गर्दा २० हजार रुपैयाँ छुट प्रदान गरिनुका साथै एक्सचेन्ज सुविधा समेत उपलब्ध गराउने बताइएको छ ।

Subscribe Now