Check, click, shop
यी हुन् २०० सीसीतर्फ रोड रेसिङ च्याम्पियनसिपका विजेता

काठमाडौं – स्ट्रिट बाइक च्याम्पियनसिप ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१८’ मा २०० सीसीतर्फ प्रशान्त जङ्ग कार्कीले जित हासिल गरेका छन् ।

सो च्याम्पियनसिपमा आशुतोष धन्जु फस्र्ट रनर अप र सुजन थापा सेकेन्ड रनर अप भए ।

गत शनिबार सम्पन्न २०० सीसी क्याटागोरीमा बेस्ट राइडर रवि साह, मिस्टर प्रोपर सेफ्टी गियर्स गौराङ्ग प्रताप सिंह र मिस्टर पब्लिक च्वाइस राजकुमार कार्की भएका छन् ।

मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो च्याम्पियनसिपलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का साथै नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को समेत समर्थन रहेको थियो ।

गुर्जधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा च्याम्पियनसिप हुने भएको थियो । सो रेसिङ प्रतियोगितामा १५० र २०० सीसीका स्ट्रिट बाइक कुँदाइएको थियो । ६ सय मिटरको ट्रयाकमा फाइनल प्रतियोगिता ५ ल्यापमा सम्पन्न भएको थियो ।

प्रतियोगिताको २०० सीसी क्याटागोरीमा ४७ जना राइडरको सहभागिता थियो ।
च्याम्पियनसिपमा प्रथम, द्वितीय र तृतीय हुने राइडरलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारका साथै शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।

च्याम्पियनसिप विजेता मध्ये एक जना आगामी दिनमा हुने एसिया रोड रेसिङ च्याम्पियनसिपमा सहभागी हुने छन् ।

टीभीएस अपाचे आरटीआर सिरिजको मूख्य प्रायोजनमा सम्पन्न सो प्रतियोगिताका सहभागी खेलाडीहरुलाई टीभीएसका कुनै पनि बाइक खरिद गर्दा २० हजार रुपैयाँ छुट प्रदान गरिनुका साथै एक्सचेन्ज सुविधा समेत उपलब्ध गराउने बताइएको छ ।

Subscribe Now