Check, click, shop
अब यी कम्पनीका गाडीमा गुगलको सेवा प्रयोग गर्न सकिने, हेर्नु्स् के छन् सुविधा ?

रेनो, निसान र मित्सुबिसी ग्रुपले मिलेर गुगलको एन्ड्रोइड प्लेटफर्म प्रयोग गर्ने गरी गुगलसँग सम्झौता गरेका छन् ।

यस अनुसार सन् २०२१ देखि यो समूहले गुगल एप्लिकेसन्स र सर्भिसलाई इन्फोटेनमेन्ट र क्लाउड बेस्ड सिष्टममा एकीकृत गर्ने छन् । यसबाट यी तीनै कम्पनीका ग्राहकले अझै राम्रो अनुभव गर्न सक्ने छन् ।

हाल यो समूहका गाडी विश्वमा धेरै बिक्री हुन्छन् । यो समूहको गुगलसँग भएको सम्झौताको चाहना नै ग्राहकलाई इन्टेलिजेन्ट इन्फोटेनमेन्ट सिष्टम तथा कस्टमर फोकस एप्लिकेसनको सुविधा दिनु हो ।

रेनो, निसान र मित्सुबिसीका गाडीमा एन्ड्रोइड अपरेटिङ सिष्टम प्रयोग गर्न सकिने भए पछि ग्राहकले गुगल म्याप, गुगल असिष्टेन्ट र गुगल प्ले स्टोर जस्ता सेवा प्रयोग गर्न सक्ने छन् ।

यसको अर्थ यी कम्पनीका गाडीमा सन् २०२१ देखि एन्ड्रोइड स्मार्टफोनमा भएका जस्ता फिचर प्रयोग गर्न सकिने छ ।

हाल भारतमा रेनो, निसान र मित्सुबिसीले आफ्नै गाडी बिक्री गरिरहेका छन् । अब यो समूहले एकीकृत रुपमा काम गर्न थाले पछि गाडी समेत स्मार्ट हुने छन् ।

आगामी दिनमा अन्य कम्पनीले समेत यस्तै सुविधा उपलब्ध गराउने सम्भावना देखिएको छ ।

Subscribe Now