Check, click, shop
भविष्यको डेलिभरी भ्यान, रेनोले ल्यायो यस्तो सेल्फ ड्राइभिङ भ्यान

इजी–प्रो कन्सेप्ट रेनोको इलेक्ट्रिक तथा सेल्फ ड्राइभिङ भ्यान हो । यो अटोनोमस भएकाले चलाउनका लागि ड्राइभर आवश्यक पर्दैन । यसलाई पोर्टेबल अफिस वा फुड ट्रकको रुपमा प्रयोग गर्न सकिन्छ ।

यो भीडभाडयुक्त सहरी क्षेत्रमा पनि चलाउन सकिन्छ । हाल डिजेलले चल्ने भ्यान वा मध्यम आकारका ट्रकको सट्टा यसलाई प्रयोग गर्न सकिन्छ । यसले प्रदूषणमा पनि कमी ल्याउने छ ।

जर्मनीको ह्यानोभरमा चलिरहेको आईएए कमर्सियल भेइकल शोमा यो कारलाई पनि प्रदर्शन गरिएको छ । आगामी दिनमा ई–कमर्सका लागि यस प्रकारको भ्यानलाई प्रयोग गर्न सकिने छ ।

ई–कमर्स प्रयोगकर्ताहरुले रिटेलर र अन्य ग्राहकहरुलाई छोटो समयमा आफ्ना सामान पु¥याउनका लागि यस्ता भ्यानको प्रयोग गर्न सक्ने छन् । यसलाई भविष्यको डेलिभरी भ्यान पनि भनिएको छ ।

यद्यपि यस प्रकारको भ्यान बजारमा आउन भने लामो समय लाग्ने बताइएको छ ।

Subscribe Now