सप्तरीमा चालकको लागि रिफ्रेस सेन्टर

काठमाडौं - सप्तरीमा गाडी चालकको लागि रिफ्रेस सेन्टर (आराम कक्ष) बनाएको छ । लामो दूरीका गाडी चलाउने चालकहरुका लागि सप्तरीमा प्रहरीले रिफ्रेसमेन्ट सेन्टर बनाएको हो ।

सप्तरी प्रहरीका प्रवक्ता डिएसपी भावेश रिमालले लामो दूरीमा चल्ने सबै किसिमका सवारीसाधनलाई यहाँ रोकेर रिफ्रेस गराइने वताएका छन् । रातको समयमा चल्ने सवारी साधनहरुलाई लक्षित गरी सो रिफ्रेससमेन्ट सेन्टर सञ्चालन गरिएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिकामा रिफ्रेससमेन्ट सेन्टरको स्थापना गरिएको छ । राजधानी काठमाडौंसहित लामो दूरीमा सबारी हाँक्ने चालकहरुका लागि रिफ्रेसमेन्ट सेन्टर निर्माण गरिएको हो ।

सो रिफ्रेससमेन्ट सेन्टरमा लामो दूरीका गाडी केहीबेर रोक्न लगाई पानी र चिया खुवाएर रिफ्रेस बनाएने छ । साथै बसका चालकसहित यात्रुहरुका लागि दिशा, पिसाब गर्ने व्यवस्था मिलाइएको छ । आज लामो दूरीका केही सवारी साधनलाई रोक्न लगाई चालकका साथै यात्रुहरुलाई पानी र चिया खुवाएर सो रिफ्रेससमेन्ट सेन्टरको उद्घाटन गरिएको छ ।

 

Subscribe Now