वर्षायाममा कारलाई कसरी सुरक्षित राख्ने ?

वर्षाको समयमा सडकमा पानी जम्मा भएको कारणले गर्दा कार वा बाइक चलाउन निकै कठिन हुन्छ । सवारी साधनमा केही खराबीले गर्दा सवारी चलाउँदा दुर्घटना हुने सम्भावना पनि हुन्छ । वर्षायाममा आफ्नो सवारी सञ्चालनमा राम्रो तरिकाले ध्यान दिएमा सवारी दुर्घटनाबाट बच्न सकिन्छ ।

कार बडी
वर्षायाममा कार वा कुनै पनि सवारी साधनको पेन्टमा खरावी हुन सक्छ । यसको लागि वाटरप्रुफ कभरले कार ढाकेर राख्नुपर्छ । वाक्स पोलिसको मदतले पनि केही हदसम्म पेन्टलाई बचाउन सकिन्छ । खियाबाट बचाउनको लागि कारको मुनि एन्टि रस्ट पेन्टिङ गर्नु पर्छ र मड फल्यापले सफा गर्नु पर्छ ।

इलेक्ट्रिकल्स
सवारी साधनको कुनै पनि वायरिङ खुल्ला रहनुहुदैन । सबै फ्युज राम्ररी जाँच गर्नुहोस् । कारको हेडलाइटलाई सामान्य टुथपेस्टले पनि सफा गर्न सकिन्छ । यसले हेडलाइटमा चमक ल्याउँछ ।

ब्रेक
वर्षायाममा ब्रेक कमजोर हुने गर्दछ । त्यसैले समय समयमा ब्रेक जाँच गरिरहनु पर्छ र आवश्यक परेको खण्डमा ब्रेक शु परिवर्तन पनि गर्नु राम्रो हुन्छ ।

वाइपर
चालकको लागि कारको अगाडिको सिसा सफा हुनु अति आवश्यक छ । वर्षाको समयमा चालकलाई कार चलाउन सजिलो बनाउनको लागि कारको अगाडिको सिसा सफा राख्नु पर्छ । यसका लागि वाइपर चलाइराख्नु पर्ने हुन्छ । त्यसैले वाइपरले काम गर्छ कि गर्दैन, ध्यान दिनु पर्छ ।

कारको इन्टेरियर
कारमा रबरको म्याटको सट्टा फेब्रिक म्याटको प्रयोग गर्नु राम्रो मानिन्छ । ताकि कार भित्र दुर्गन्ध नफैलियोस् ।

टायर
वर्षायाममा खराब टायरको कारणले गर्दा कार चिप्लिने डर भइरहन्छ । त्यसैले समयमै टायरको जाँच गर्नु राम्रो हुन्छ ।

यो पनि उपयोगी हुनसक्छ
वाटरप्रुफ कभर : कारको लागि वाटरप्रुफ कभर प्रयोग गर्नाले कार भित्र पानी छिर्न पाउँदैन ।

रेन गार्ड : कारको ढोका माथि रेन गार्ड लगाउनाले तीव्र वर्षामा पनि पानी कार भित्र छिर्न सक्दैन ।

 

Subscribe Now