Check, click, shop
लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई, देशलाई लाखौं घाटा

काठमाडौं - सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने जिम्मेवारी निजी कम्पनीले पाएको छ । सरकारले स्मार्ट लाइसेन्स छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको हो ।

सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय मन्त्रिपरिषद्को बैठकले नै गरेको छ ।

यातायात व्यवस्था विभागले पटकपटक छोटो समयभित्र नै ट्रायल पास गरेका चालकलाई लाइसेन्स उपलब्ध गराउने प्रतिबद्धता पुरा गर्न सकेको छैन । साढे पाँच लाख लाइसेन्स छाप्न बाँकी रहेको विभागले जनाएको छ ।

उक्त कार्ड छाप्नका लागि दशवटा मेसिन खरिद गरीएको थियो । त्यसमा लाखौ लगानि गरीएको थियो । तर हाल चारवटा मात्रै मेसिन सञ्चालनमा रहेका छन् । विभागलाई नै थप मेसिन खरिद गरेर छपाइको काम अगाडि बढाउनुको सट्टा स्वार्थमा निजी क्षेत्रलाई दिने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

सेवा ग्राहीले ट्रायल पास भएको एक वर्ष बितिसक्दा समेत स्मार्ट लाइसेन्स प्राप्त गर्न सकेका छैनन् । यातायात व्यवस्था विभागले खरिद गरेको मेसिनमा बारम्बार समस्या आएको छ । मेसिन खरिद गर्दा देशलाई घाटामात्रै भएको छ ।

 

Subscribe Now