आगामी साता १ करोड बढी मूल्यको प्युजो २००८ नेपाल भित्रिदै, यस्तो छ विशेषता

काठमाडौं – नेपाली बजारमा फ्रेन्च कम्पनी प्युजोको नयाँ एसयूभी प्युजो २००८ भित्रिने भएको छ । नेपालका लागि प्युजोको आधिकारिक वितरक सांग्रिला मोटर्सले सो गाडी आगामी साता भित्रिने बताएको छ ।

सो एसयूभीमा १.२ लिटरको टर्बोचार्ज्ड पेट्रोल इन्जिन छ, जसले ५५०० आरपीएममा १३१ एचपी पावर र १७५० आरपीएममा २३० एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६–स्पिड अटोमेटिक ट्रान्समिसन उपलब्ध छ ।

गाडीको लम्बाई, चौडाई र उचाई क्रमशः ४३००, १७७० र १५५० एमएम छ । १९८ किलोमिटर प्रतिघण्टा टप स्पिड रहेको प्युजो २००८ एसयूभीले ९.१ सेकेन्डमा शून्य देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।

गाडीमा सुरक्षाका लागि ६ वटा एयरब्याग, ईबीडी र बीएस सहितको एबीएस, ट्रयाक्सन कन्ट्रोल, हिल असिस्ट फङ्सन र क्रुज कन्ट्रोल तथा स्पिड लिमिटर आदि उपलब्ध छ । त्यसैगरी प्यानोरामिक सनरुफ, साइड इन्डिकेटर र अटो बिम असिस्ट सहितको फुल एलईडी हेडलाइट, ड्युअल टोन कलर, वायरलेस चार्जिङ प्लेट र रियर क्यामेरा सहितको रियर पार्किङ एड रहेको छ ।

गाडी भित्र विशेष प्रकारको एसी रहेको छ । यसले गाडी भित्र न्यानो वा आवश्यकता अनुसारको वातावरण निर्माण गर्न सकिन्छ । गाडीमा १७ इन्चको अलोय ह्विल र अन्य विभिन्न विशेषता रहेका छन् ।

यो गाडीको मूल्य कम्पनीले त्यतिबेलै औपचारिक रुपमा सार्वजनिक गर्नेछ । यद्यपि यसको मूल्य १ करोड रुपैयाँ भन्दा बढी हुने अनुमान गर्न सकिन्छ ।

नेपाली बजारमा पहिले देखि नै प्युजो ३००८ बिक्रीका लागि उपलब्ध छ । विभिन्न ७ भेरिएन्टमा उपलब्ध सो गाडीको मूल्य १ करोड ३२ लाख देखि १ करोड ५५ लाख रुपैयाँ सम्म छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...