Check, click, shop
भारतमा अब पोर्टेबल पेट्रोल पम्प बन्ने, के हो पोर्टेबल पेट्रोल पम्प ?

छिमेकी मुलुक भारतमा पेट्रोलियम मन्त्रालयले पोर्टेबल पेट्रोल पम्प स्थापना गर्नको लागि मन्जुरी दिएको छ । यो कामको जिम्मेवारी दिल्लीको कम्पनी एलिन्ज पोर्टेबल पेट्रो पम्प प्रालिलाई मिलेको छ ।

यसका लागि चेक रिपब्लिकको कम्पनीसँग सम्झौता गरिएको छ । चेक रिपब्लिकको सहयोगमा भारतमा पोर्टेबल पेट्रोल पम्पको मेसिन तयार गर्नको लागि प्लान्ट चयन गरिनेछ ।

पोर्टेबल पेट्रोल पम्प भारतको लागि नयाँ योजना हो । भारत भन्दा अघि पोर्टेबल पेट्रोल पम्पको स्थापना ३५ देशले गरिसकेका छन्, जुन निकै सफल पनि भइरहेको छ । यसको मद्दतले आफैले पेट्रोल, डिजेल तथा ग्यास भर्न सकिन्छ ।

पोर्टेबल पेट्रोल पम्प भनेको के हो ?
पोर्टेबल पेट्रोल पम्प विशेष गरि सानो स्थान भएको ठाउँ वा ग्रामीण क्षेत्रको लागि तयार पारिएको हुन्छ । एलिन्जको म्यानेजिङ डाइरेक्टर इन्द्रजीत प्रुथीको भनाइअनुसार यो पेट्रोल पम्पमा स्वयं आफैले डिजेल वा पेट्रोल भर्न सकिन्छ । यसको लागि कुनै कर्मचारीको आवश्यकता पर्दैन ।

पोर्टेबल पेट्रोल पम्प र साधारण पेट्रोल पम्पमा के फरक छ ?
पोर्टेबल पेट्रोल पम्पलाई सजिलै एक ठाउँबाट अर्काे ठाउँमा सार्न सकिन्छ र यसको लागि ठूलो ठाउँको आवश्यकता पनि पर्दैन । जबकि साधारण पेट्रोल पम्प एक ठाउँबाट सजिलै अर्काे ठाउँमा सार्न सकिदैन र यसको लागि ठुलो ठाउँको पनि आवश्यकता पर्छ ।

यसले कसरी काम गर्छ ?
जसरी एटीएम मेसिनले काम गर्छ, त्यसरी नै पोर्टेबल पेट्रोल पम्पले काम गर्छ । यसको लागि कुनै दोस्रो व्यक्तिको आवश्यकता पर्दैन ।

पेमेन्ट कसरी गर्ने ?
पेट्रोल भर्नु भन्दा पहिले यो पम्पमा आफ्नो डेविट वा क्रेडिट कार्ड राख्नु पर्ने हुन्छ जसरी एटीएममा राखेको हुन्छ । त्यस पछि आफुलाई जतिको पेट्रोल भर्ने हो, सो वापतको रकम तिरेर पेट्रोल भर्न सकिन्छ ।

पेट्रोल कसरी भर्ने ?
साधारण पेट्रोल पम्पमा जसरी पेट्रोल भरिन्छ त्यसरी नै पोर्टेबल पेट्रोल पम्पमा पेट्रोल भर्ने हो । यसको लागि पहिला कार्डद्वारा पेमेन्ट गरिन्छ अनि पेट्रोल भरिन्छ ।

यसको लागि कति खर्च लाग्छ ?
एलिन्जको म्यानेजिङ डाइरेक्टर इद्रजीत प्रुथीको जानकारी अनुसार कम्तिमा १६०० करोडको लागतमा भारतको ४ स्थानमा यसको प्लान्ट बनाउने योजना रहेको छ । यी चार स्थानमा पोर्टेबल पेट्रोल पम्पको लागि आवश्यक मेसिन बनाइने छ ।

कहिले देखि यो योजना लागु हुन्छ ?
भारतीय सरकारले यसको लागि मन्जुरी दिएको छ । हालको लागि एन्लिज, राज्य सरकार र पेट्रोलियम कम्पनीसँग छलफल भइरहको छ । मन्जुरी मिल्ने वित्तिकै यसका लागि कार्य शुरु गर्नेछ । तर अहिलेको लागि कहिले देखि कार्य शुरु हुने हो भन्ने जानकारी दिइएको छैन ।

देशभर कतिको पोर्टेबल पेट्रोल पम्प बन्ने हो ?
एलिन्जले हालको लागि आउँदो ५ देखि ७ वर्ष भित्र देशभरमा ५० हजार पोर्टेबल पेट्रोल पम्प बनाउने लक्ष्य रहेको जानकारी दिएको छ ।

कति लिटर पेट्रोल भर्न सकिन्छ ?
पोर्टेबल पेट्रोल पम्प मेसिनबाट एक पटकमा ९ हजार देखि लिएर ३० हजार लिटर सम्म डिजेल वा पेट्रोल भर्न सकिन्छ । यसको साथै यसमा ग्यास भर्ने अप्सन पनि राखिएको छ ।

यसले के फाइदा हुन्छ ?
पोर्टेबल पेट्रोल पम्पको स्थापना ग्रामीण क्षेत्रको लागि गरिएको हो । साथै यो शहरबाट आवतजावत गर्ने मानिसको लागि निकै लाभदायक हुन्छ । यो मेसिनबाट ग्रामीण क्षेत्रमा पनि सजिलै डिजेल वा पेट्रोल पाउन सकिनेछ ।

 

 

Subscribe Now