Gulf Ave Trading
अब पोखराका ट्याक्सी मिटरमा चल्ने
Total
Tata tigro
पोखरा— अब पोखराका ट्याक्सी मिटरमा चल्ने भएका छन् । यात्रुलाई मनपरि भाडा अशुलेको आरोपमा कास्की प्रहरीले १७ जना ट्याक्सी चालकलाई पक्राउ गरेको थियो । त्यसपछि ट्याक्सी ब्यवसायी आन्दोलनमा उत्रिएका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबार भएको छलफलमा ट्याक्सी मिटरमै सञ्चालन गर्ने सहमती भएको हो ।

बिहीबार र शुक्रबार भएको छलफल पछि सहमतीमा पुगेको हो । व्यवसायीले बुधबार मिटरमा ट्याक्सी नचलाउने भन्दै आन्दोलन गरेका थिए । व्यवसायीले गरेको आन्दोलनको विपक्षमा चौतर्फी दबाब आएको थियो । पक्राउ परेका चालकलाई रिहाईको माग गर्दै व्यवसायी आन्दोलनमा उत्रिएका थिए । व्यवसायीले बुधबार सडकमा ट्याक्सी पार्किङ गरेर विरोध समेत प्रदर्शन गरे । तर प्रहरीले बल प्रयोग गरी सडकबाट ट्याक्सी हटाएको थियो ।

बिहीबार गण्डकी र धौलागिरीमा सार्वजनिक सवारीका साधन बन्द गरेर अन्य यातायात व्यवसायीहरु पनि ट्यास्की व्यवसायीको पक्षमा आन्दोलनमा उत्रिए । ट्याक्सी व्यवसायीले शुक्रबार पनि ट्याक्सी सञ्चालन गरेनन् तर अन्य भाडाका सवारी भने संचालनमा आए । यातायात बन्द हुँदा यात्रुले सास्ती खेप्नु परेको थियो ।

अब ट्याक्सी मिटरमा नचले कारबाही गर्ने प्रशासनले जनाएको छ । प्रशासनले बिहीबार पनि व्यवसायीसँग छलफल गरेपनि सहमती जुटन सकेको थिएन । तर शुक्रबार दिनभर भएको छलफलमा साँझ व्यवसायी मिटरमा ट्याक्सी चलाउन सहमत भएपछि सहमती कायम भएको हो ।

Subscribe Now