चीनमा पेट्रोल–डिजेल कार प्रतिबन्ध हुने ।
छिमेकी मुलुक चीनले पेट्रोल–डिजेल कार तथा भ्यान प्रतिबन्ध गर्ने भएको छ । विश्वकै ठूलो कार बजार चीनले पेट्रोल–डिजेल कार तथा भ्यान उत्पादन र बिक्री वितरण बन्द गर्ने तयारी गरिरहेको छ ।

 

यसका निम्ति आवश्यक अनुसन्धान सुरु भए पनि कहिलेदेखि प्रतिबन्ध लागू गर्ने भन्नेबारे निर्णय नभएको उद्योग तथा सञ्चार मन्त्रलायले बताएको छ । यसअघि नै बेलायत र फ्रान्सले सन् २०४०, जर्मनी, नेदरल्यान्ड्स र नर्वेले २०३० तथा नर्वे र नेदरल्यान्ड्सले २०२५ सम्ममा नै पेट्रोल–डिजेल कार नचलाउने घोषणा गरिसकेका छन् । गतवर्ष चीनले २ करोड ८ लाख कार उत्पादन गरेको थियो जुन विश्वव्यापी उत्पादनको करिब एक तिहाई हो ।

 

Subscribe Now