सिप्रदीद्धारा काठमाडौंका १४ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं - नेपालको लागि टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ्गले महानगरीय ट्राफिक प्रहरी र नाडासँगको सहकार्यमा काठमाडौं उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, नाडा र सिप्रदीद्वारा यात्रुहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न यात्रु सहायताकक्ष स्थापना गरीएको हो । चाडपर्वकालागि टिकट बुकिङसँगै नागढुंगा, कलंकी, हलचोक, नयाँबसपार्क, पुरानो बसपार्क, सुन्धारा, बानेश्वर, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोवाटो, बल्खु र दक्षिणकालीमा यात्रु सहायताकक्ष शुरु भएको छ ।

हरेक यात्रु सहायता कक्षमा महानगरीय ट्राफिक प्रहरी प्रभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, वाणिज्य विभाग, उपभोक्ता समूहका प्रतिनिधीहरु रहन्छन् । यी सहायता कक्षहरुमा दूरीसहित टिकटको मूल्य पनि राखिएको छ ।

Subscribe Now