Check, click, shop
१० करोडको बाइकमा ३० करोडको पेन्टिङ

हार्ले डेभिडसनले हालसालै आफ्नो एक बाइकमा विश्वमा सबैभन्दा महँगो पेन्टिङ गरेको छ, जसको मूल्य ३० करोड रुपैयाँ छ । बाइकको मुल्य भने १० करोड रुपैयाँ रहेको छ ।

उक्त बाइकमा विश्वका प्रख्यात आर्टिस्ट ज्याक आर्मस्ट्रङले पेन्ट गरेका थिए । ज्याक आर्मस्ट्रङको यो पेन्टिङको कारण यो बाइकले विश्वमा ख्याती कमाएको छ ।

मोटरसाइकल ८ वर्ष अगाडि सबैभन्दा पहिला क्यालिफोर्निमामा सार्वजनिक गरिएको थियो । क्यालिफोर्निमामा भएको एक समारोहमा ज्याक आर्मस्ट्रङले सबैभन्दा पहिले यो बाइकको परिचय गराएका थिए ।

यो बाइकमा भएको कस्मिक एक्स्टेन्सनालिज्मको कारण चर्चा बटुलेको थियो । यो एक खास प्रकारको पेन्टिङको शैली हो जसको लागि आर्टिस्ट आर्मस्ट्रङ विश्वमा चर्चित छन् ।

ज्याक आर्मस्ट्रङ मोडल पनि हुन् । उनले आफ्नो स्टाइलिस स्टन्टको तरिकाले यो बाइकको पहिलो झलक सार्वजनिक गरेका थिए ।

यो बाइक यति धेरै चर्चित हुनुको कारण अर्को पनि छ । ज्याक आर्मस्ट्रङ आफ्नो खास शैलीको पेन्टिङको लागि १९ करोड रुपैयाँ चार्ज लिने गर्छन् । ६ करोडको बाइकमा १९ करोडको पेन्टिङको साथमा २१ अक्टुबर २०१० मा यो बाइक विश्वको सामुने सार्वजनिक गरिएको थियो ।

ज्याक आर्मस्ट्रङ ५ वर्षको उमेरदेखि नै पेन्टिङ गर्दै आएका थिए । उनी प्रख्यात कस्मिक आर्टिस्ट हुन । यद्यपि विभिन्न हर्कतका कारण उनी अक्सर विवादमा पनि आउने गर्छन् ।

हार्ले डेभिडसन अमेरिकाको सबैभन्दा प्रख्यात तथा पुरानो मोटरसाइकल कम्पनी हो । यो कम्पनीको स्थापना सन् १९०३ मा भएको थियो । शुरुवाती दिन देखि नै यो कम्पनी विश्वमा महँगो तथा स्टाइलिस बाइक निर्माण गर्ने कम्पनीको रुपमा प्रख्यात हुँदै आएको छ ।

Subscribe Now