Check, click, shop
नेपाली बजारमा ओप्पो ‘एफ’ नाइन

काठमाडौं - नेपाली बजारमा ओप्पोले नयाँ उत्पादन ‘ओप्पो एफनाइन’ भित्र्याएको छ । ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले प्राविधिक नवप्रबर्तन सहित आकर्षक डिजाइनमा फोन उपलव्ध रहेको बताएका छन् ।

एफनाइन ‘सनराइज रेड’, ‘ट्वाइलाइट ब्ल्यू’ र ‘स्टारी पर्पल’ गरी ३ रंगमा उपलव्ध रहेको छ ।

यो मोवाइल ६.३ इन्चको वाटरड्रप स्क्रिन डिजाइनमा छ । यसमा ३५०० एमएएच पावरको ब्याट्री छ । एफनाइनमा २५ मेगापेक्सलको फ्रन्ट क्यामेरा र १६ तथा २ मेगापेक्सलमा ब्याक क्यामेरा रहेको छ । चार क्यामेरा रहेको फोन ४ जिबी र ६ जिबी गरी दुई भेरियन्टमा उपलब्ध छ ।

४ जिबीको फोनलाई ४१ हजार ५ सय ९० र ६ जिबीको फोनलाई ४५ हजार ५ सय ९० मूल्य तोकिएको छ । यसको भिओओसीमा तीब्र र सुरक्षित चार्ज सुविधा उपलब्ध गराउन न्यून टेम्प्रेचर र भोल्टेज सहित, चार्जिङ एडेप्टर लगायतका ५ भिन्न सुरक्षा तहको ब्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले फोनमा ५ मिनेट चार्ज गर्दा २ घन्टाको टक टाइम दिने र भोक फ्ल्यास चार्जिङको सुविधा रहेकाले ग्राहकको पहिलो रोजाईमा पर्ने दावी गरेको छ ।

 

 

Subscribe Now