Check, click, shop
ललिपुरको सडकमा यात्रु र सवारी साधनको आगमनमा मात्रै बल्ने बत्ती

काठमाडौं - ललिपुरको सडकमा यात्रु र सवारी साधनको आगमनमा मात्रै बल्ने बत्ती जडान गरिने भएको छ । यि बत्तीहरु यात्रु वा सवारी चालक आएपछि मात्रै बल्छ त्यसपछि आफैं निभ्छ ।

ललिपुर महानगरपालिकाले लगनखेल, धापाखेल, पाटनढोका, पिम्बहाललगायतका स्थानमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागेको जनाएको छ । यात्रु वा सवारीको चाप बढ्दा बत्ती धेरै बल्ने र कम हुँदै जाँदा घट्दै जानेछन् । बत्ती बाल्न र निभाउनका लागि स्वीचको प्रयोग गर्नु पर्दैन ।

महानगरपालिकाले मंगलबजार, पाटनढोकालगायत पर्यटकको आगमन हुने ठाउँमा स्मार्ट बत्ती जडान गर्न लागेको छ । सम्भव भए महानगरपालिकाले यि वत्तिहरु दशैं अघिनै जडान गर्ने जनाएको छ । यि बत्तिहरु पहिलो चरणमा पुल्चोकमा र त्यसपछि लगनखेलसम्म जडान गरीने भएको छ ।

सो सडकका दुवैतर्फका खम्बामा बत्ती जडान हुँदैछ । यात्रु र सवारी चालक आएपछि सबै बत्ती बल्छ भने सडकमा यात्रु र सवारी साधन नहुँदा बत्ती आफैं निभ्दै जान्छ । चार वटा खम्बामध्ये पालैपालो एउटा/एउटा गरी खम्बामा बत्ती बल्ने छ । यसले गर्दा सीसीटिभीबाट पनि सडकका दृश्य देखिनेछ । यो बत्ती बल्दा गाडी नम्बर स्पष्टरुपमा देखिने छ ।

महानगरपालिकाले सवारीको चाप बढी हुने सडकमा तीन चरणमा गरेर ‘स्मार्ट’ बत्ती जडान गर्ने योजना बनाएको छ । पहिलो चरणमा पुल्चोकबाट कुपण्डोलसम्मको सडकमा बत्ती जडान गर्न लागेको छ । यस क्षेत्रमा बत्ती जडानका लागि विद्युत् प्राधिकरणसँग सम्झौता भएर बोलपत्रसमेत भइसकेको छ । बत्ती जडानपछि स्थानीयबासी, पैदल यात्रु, चालक र पर्यटक सबैलाई सहज हुने छ ।

 

Subscribe Now