Check, click, shop
अनलाइन ट्याक्सी सेवा उपलब्ध गराउने सारथि भयो पुरस्कृत

काठमाडौं - अनलाइन ट्याक्सी सेवा प्रदायक संस्था सारथिले लिभिङ विथ आईसीटीको आयोजनामा सम्पन्न तेस्रो संस्करणको ‘नेटगियर आईसीटी अवार्ड २०१८’ मा जुरी स्पेसल मेन्सन आईसीटी अवार्ड प्राप्त गरेको छ ।

‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित राजधानीमा भएको एक समारोहमा विभिन्न ७ विधामा आईसीटी अवार्ड प्रदान गरिएको थियो ।

सारथिले काठमाडौं उपत्यकामा अनलाइन ट्याक्सी सेवा प्रदान गरिरहेको छ । उपत्यकामा ट्याक्सी चढ्नेहरु ठगिने धेरै सम्भावना छ । ट्याक्सी चालकहरु मिटरमा जान मान्दैनन् र ग्राहकहरु धेरै पैसा तिर्न पनि मान्दैनन् । त्यसैले ग्राहक र चालकबीच मोलमोलाई चल्ने गर्छ ।

यसमा साथ दिएको छ– ‘सारथि’ले । सोही सारथिको विकास गर्ने कम्पनी सारथि जुरीको रोजाइमा परेको छ । उपभोक्तालाई सहज ट्याक्सी सेवा उपलब्ध गराउने हेतुले कम्पनीले यसको एप्लिकेसन तथा अनलाइन सेवा उपलब्ध गराएको छ ।

सन् २०१६ मा स्थापना भएको यो कम्पनीले २०१७ देखि काठमाडौं उपत्यकाभित्र ट्याक्सी सेवा प्रदान गर्दै आएको छ । सारथिले आवत जावतको सुविधा, बुकिङ, लिजिङ र कार भाडामा उपलब्ध गराउने काम गर्छ ।

सारथिको अर्को विशेषता एक फोनको भरमा ट्याक्सी आफ्नो घरमै आउनु पनि हो । सारथिमा फोन गएपछि घरको लोकेशन खोज्दै ट्याक्सी घरसम्म आउछ । साथै अनिवार्य रुपमा मिटरमा गुड्ने सारथि ग्राहक ट्याक्सी चढेपछि मात्र मिटर खोलिन्छ । आगामी दिनमा सारथिले काठमाडौं बाहिरका शहरहरुमा पनि आफ्नो सेवा विस्तार गर्ने तयारी गरिरहेको बताएको छ ।

 

Subscribe Now