Gulf Ave Trading
लाइसेन्सका लागि अब देशभर अनलाइनबाटै फारम
Total
Tata tigro
काठमाडौं - यातायात व्यवस्था विभागले आइतबारदेखि देशभर नै लाइसेन्सका लागि अनलाइनमै फारम भर्न सकिने सुविधा शुरु गर्दैछ ।

 

विभागको आधिकारिक वेबसाइटमा यो सेवाको लिंक उपलब्ध छ । विभागको होम पेजमै ‘अनलाइन सवारी चालक अनुमतिपत्र’ भन्ने लिंक मेनु छ । यो लिंक क्लिक गरेर फारम भर्न सकिनेछ ।

त्यसमा आफूले लाइसेन्स लिन लागेको कार्यालयलाई छान्नुपर्छ । र, फारममा आवदेनकर्ताले सबै व्यक्तिगत विवरण भर्नुपर्छ ।

आफ्ना आधिकारिक कागजातमा उल्लेखित विवरणसँग मिल्ने गरी फारम भरेर अनलाइनमा ‘सबमिट’ गर्नुपर्छ र त्यसपछि अनलाइन सिस्टमले नै दर्ता भएको फारमको प्रमाणपत्र दिनेछ, जसलाई प्रिन्ट गर्नुपर्छ ।

सोही प्रमाणपत्रमा विभागको कार्यालयमा कुन दिन उपस्थित हुने भनेर उल्लेख हुनेछ । सिस्टमले भनेकै दिन विभागका कार्यालयमा पुगेर आफ्ना नागरिकतासहितका कागजात पेश गर्नुपर्छ ।

त्यसपछि लाइसेन्सका लागि आवश्यक तस्बिर खिच्नुपर्छ र आफ्नो औंठाछापसहितको बायोमेट्रिक दिनुपर्छ । आवश्यक शुल्क पनि विभागको कार्यालयमै तिनुपर्छ ।

अनलाइन फारमको व्यवस्थापछि विभागमा घण्टौं लाइन बस्नुपर्ने बाध्यता लगभग हट्नेछ । विभागका लाइसेन्स कार्यालयहरुमा फारम बुझाउन एकै दिन हजारौं सेवाग्राही लाइनमा बस्ने गरेका छन् ।

तर, सीमित व्यक्तिको फारम बुझेर धेरैलाई फिर्ता पठाउने गरिएको छ । अब लाइसेन्स कार्यालयहरुमा फारम भर्नेहरुको भीड त लाग्ने छैन नै, यसले अन्य सेवाग्राहीको सास्ती पनि हटाइदिनेछ ।

Subscribe Now