Check, click, shop
यसरी राखिएको थियो कार कम्पनीका नाम, हेरौं रोचक तथ्य

के तपाईलाई थाहा छ, विश्वका प्रसिद्ध र लक्जरी कारको नामाकरण कसरी भएको हो ? आउनुहोस् यसको बारेमा केही रोचक तथ्यहरु हेरौं ।

एस्टन मार्टिन - एस्टन मार्टिन कारको नाम यसका संस्थापक लियोनेल मार्टिन र एस्टन हिलको नामबाट राखिएको हो । सन् १९१४ मा लियोनेल मार्टिन र एस्टनको नाममा यो कारको नाम राखिएको थियो ।

फरारी - फरारी कारको नाम एनजो फरारीको नाममा राखेको थियो । एनजो फरारी यो कम्पनीका संस्थापक हुन् । एनजो एक रेस ड्राइभर थिए जसले सन् १९३९ मा आफ्नो कम्पनी निर्माणका लागि रेसिङ छोडेका थिए ।

रोल्स रोयस - रोल्स रोयस कारको नामाकरण हेनरी रोयस र चाल्र्स रोल्सको नाममा राखिएको थियो ।

बीएमडब्ल्यु - बीएमडब्ल्यु कारको पहिलो नाम बायरिषे फ्लुगसाएगवेर्के (बवेरियन एयरप्लेन वक्र्स) थियो । पछि यसको नाम परिवर्तन गरि बायरिषे मोटोरेनवेर्के (बवेरियन मोटर वक्र्स) राखियो । त्यसैको छोटकरी रुप नै बीएमडब्ल्यु हो ।

ड्याटसन - ड्याटसन कार कम्पनीको पहिले ड्याट नाम थियो । यो कम्पनीका तीन पार्टनरहरु केन्जिरो डेन, रोकोरु आओयामा र मेइतारो टाकेचीका नाममा ड्याट राखिएको थियो । निसान कम्पनीले जब यो कम्पनी खरिद ग¥यो त्यसपछि यो कम्पनीको नाम परिवर्तन गरि ड्याटसन राखियो ।

फोर्ड - फोर्ड कारको नाम हेनरी फोर्डको नाममा राखिएको हो । उनले नै अमेरिकामा फोर्ड मोटर्सको स्थापना गरेका थिए ।

शेभ्रोले - यो कारको नाम यसको सहसंस्थापक लुइ शेभ्रोलेको नाममा राखिएको थियो ।

पोश्र्चे - कम्पनीका संस्थापक फर्डिनान्ड पोश्र्चेको नाममा यो कार कम्पनीको नाम राखिएको हो ।

 

Subscribe Now