Check, click, shop
बाइक होइन, इलेक्ट्रिक स्कुटर

हामीले स्कुटरको डिजाइन सामान्यतः सबैको एकै प्रकारको देख्छौ । तर हाल अलि फरक डिजाइनको स्कुटर बजारमा उपलब्ध भएको छ ।

मिकु म्याक्स नामक सो इलेक्ट्रिक स्कुटरको डिजाइन नै फरक छ र धेरैजसो मोटरसाइकलसँग मिल्दोजुल्दो छ ।

चीनको इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी सुन्राद्वारा डिजाइन गरिएको सो स्कुटरको पछिल्लो भागमा बोस कम्पनीले तयार गरेको ८ सय वाटको मोटर छ । यसलाई ४५ किलोमिटर प्रतिघण्टाको टप स्पिडमा कुदाउन सकिन्छ ।

यसमा प्रयोग गरिएको ब्याट्रीलाई एक पटक फुल चार्ज गरेमा ६० किलोमिटर गुड्न सक्छ । यसमा चालकको सहजताका लागि यूएसबी चार्जिङ पोर्ट पनि छ ।

चीन वाहेक रसियामा समेत सो स्कुटर उपलब्ध छ । रसियामा सो स्कुटरको मूल्य करिब १ लाख ३५ हजार रुपैयाँ छ । आगामी दिनमा अन्य देशमा समेत सो स्कुटर उपलब्ध गराउने कम्पनीको योजना छ ।

 

Subscribe Now