अहिलेसम्मको लुब्रिकेन्ट्समा यस्तो खालको एडिटिभ्स छैन 

श्रावण २०,२०७४
अहिलेसम्मको लुब्रिकेन्ट्समा यस्तो खालको एडिटिभ्स छैन 

डा. सुनिल मास्के
संचालक, डिडिम रिसर्च सेन्टर

म कोरियामा एमआईएस विषयमा विद्यावारिधि गर्न गएको समयमा मेरो प्रोफेसरले ̒तपाईंको देशमा धेरै पुराना गाडी छन्, त्यहाँ गाडीले प्रशस्त कार्बन मोनोअक्साइड लगायतका हानिकारक धूवाँ फाल्छ । त्यसैले इन्जिनको आयुका लागि र अन्य धेरै फाइदाका लागि तपाईंको देशमा यो नानो इनजाईजर निकै प्रभावकारी हुन्छ । त्यहाँ गएर यसको वितरण गर्नोस् भन्नुभयो, अनि मैले यो नानो इनजाईजरको वितरण शुरु गरें ।̓

अहिलेसम्मको लुब्रिकेन्ट्समा यस्तो खालको एडिटिभ्स छैन । त्यसमा फ्रिक्सन कम गर्ने खालको छ तर नानोको प्रयोगले सानातिना प्वाल पुर्ने काम गर्छ । इन्जिनभित्र प्लेटेनियमको जलप लाग्छ । जुन लुब्रिकेन्टले गर्न सक्दैन । फेरि नेपालमा खराब खालको इन्धन र लुब्रिकेन्टको प्रयोग हुने भएकाले यसको निकै आवश्यकता हुन्छ ।
नानो म्याक्स र नानो इनजाईजरको प्रयोग गर्दा ३० प्रतिशत इन्धन बचत र यसले ९० प्रतिशत धूवाँ नियन्त्रण हुन्छ । यसको नियमित प्रयोगले इन्जिन कहिल्यै खोल्न नपर्ने हुन पनि सक्छ । पर्फमेन्स राम्रो भएपछि यसले मेन्टिनेन्स खर्च पनि नियन्त्रण गर्छ । यसले हाम्रो नारा ̒नानोको करामत इन्जिन सही सलामत’ जस्तै काम गर्छ, तर हामीले नानोको प्रयोगको अतिरिक्त यसको नियमित मर्मत–सम्भार गर्न आवश्यक छ । बिरामी नपरी अस्पताल नजाने कल्चरको चाहिँ हामीले अन्त्य गर्नुपर्छ । पहिलो कुरा त यसको प्रयोग गर्नेबित्तिकै यसले हलुका फिल गराउँछ ।

कमेन्ट गर्नुहोस्