Check, click, shop
एस्टन मार्टिनको नयाँ स्पोर्ट्स कार भारतमा, यस्तो छ मूल्य र विशेषता

ब्रिटिश कार निर्माता कम्पनी एस्टन मार्टिनले भारतमा आफ्नो नयाँ स्पोर्ट्स कार ‘भ्यान्टेज’ लन्च गरेको छ । यसको मूल्य २ करोड ९५ लाख भारु राखिएको छ । यो एस्टन मार्टिनको सर्बाधिक सस्तो स्पोर्ट्स कार बनेको छ ।

एस्टन मार्टिन भ्यान्टेजले मर्सिडिज एएमजी जीटी, आउडी आर८ र पोस्र्चे ९११ टर्बो जस्ता सानदार कारसँग प्रतिस्पर्धा गर्नेछ ।

एस्टन मार्टिनको सो कारमा मर्सिडिज एएमजी स्रोतको ४.० लिटर, ट्विन टर्बो भी८ इन्जिन छ । सो इन्जिनलाई ८–स्पिड जेडएफ गियरबक्ससँग जोडिएको छ ।

सो इन्जिनले ५१० पीएस पावर र ६८५ एनएम टर्क प्रदान गर्छ । कम्पनीका अनुसार सो स्पोर्ट्स कारले ३.६ सेकेन्डमै शून्य देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यसको टप स्पिड ३१३ किलोमिटर प्रतिघण्टा छ ।

एस्टन मार्टिन भ्यान्टेजमा कम्पनीकै भल्क्यान सुपरकार र डीबी११ मोडलको डिजाइन प्रयोग गरिएको छ । त्यसैले यो निकै नै सानदार देखिएको छ ।

भारतमा यो कार २० युनिट मात्र बिक्री गर्ने कम्पनीको योजना छ । सोही अनुसार हाल यसको बुकिङ समेत प्रारम्भ भएको छ ।

Subscribe Now