Check, click, shop
स्याङयोङ गाडीको नयाँ सोरुम पोखरामा सुरु

पोखरा – स्याङयोङ गाडीको नेपालका लागि आधिकारिक वितरक आइएमएस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । यहि अवसर पारेर स्याङयोङले स्याङयोङ अनबिटेबल अफर ल्याएको छ ।

स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत पोखरा स्थित स्याङयोङका ग्राहकहरुलाई पूर्व बजेट मूल्य तोकिएको छ, पुर्ब बजेट मूल्यमा ५ लाख रुपैयाँ सम्मको छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा सामसुङ ग्यालेक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुबिधा लगायत अन्य सुविधा प्रदान गरिने छ ।

यस अन्तर्गत ३ वर्षको वारेन्टी (६०,००० किमी सम्म), सुलभ इएमआई, १ बर्षको निःशुल्क रोड ट्याक्स, १ बर्षको निःशुल्क बिमा, ५ बर्ष निःशुल्क सर्भिसिङ र २५ हजार सम्मको निःशुल्क एसेसरिज उपलब्ध हुनेछ ।

पोखरामा पनि कोरियन लक्जरी एसयूभी सुविधा प्रदान गर्न आफूहरु निकै खुसी भएको र ग्राहकहरु प्रति सधै सम्मान गर्ने आइएमएस गु्रपका प्रमुख कार्यकारी निर्देशक दिकेश मल्होत्राले बताएका छन् ।

स्याङयोङ दक्षिण कोरियाको सबै भन्दा अभिनव र उन्नत अटोमोबाइल निर्माता कम्पनी हो ।

Subscribe Now