फिचर : संसारकै सबैभन्दा ठूलो सवारी हाँक्दा.....

नासाको विशाल एसएलएस रकेटले आफ्नो पहिलो मिसन पूरा गरेसँगै यो लन्चप्याडसम्म पुग्नेछ । यो अहिलेसम्म बनेकामध्ये सबैभन्दा ठूलो सवारी साधन समेत हो । यसलाई चलाउन एकदमै एकाग्रता चाहिन्छ ।

अबको दुई वर्षभित्र नासाले आफ्नो स्पेस लन्च सिस्टम (एसएलएस)मा आधारित एउटा धमकेदार रकेट उडाउनेछ । जुन चन्द्रमाको ३ लाख ८४ हजार ४ सय किलोमिटर वरिपरि यात्रा गर्नेछ । यसमा क्रू मेम्बर भने हुँदैनन् । चन्द्रमाको अन्तरिक्ष स्टेसनमा पुग्न अमेरिकाको लगानीमा बनिरहेको अन्तरिक्ष यान कार्यक्रमको भविष्य यसको सफलतामा निर्भर छ ।

यद्यपि, एसएलएस परियोजना नयाँ भने होइन । खर्बौ डलरमा निर्माणाधीन ९८ मिटर अल्गो लन्चरले आफ्नो यात्रा फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट थाल्नेछ । यो यानले ५० वर्ष पुरानो सवारी साधनमा बसेर यात्रा गर्नेछ । निर्माताको समूहले रकेटलाई ४ दशमलब ३ किलोमिटर परको लन्चप्याडमा सन्देश पर्वाह गरेपछि चाप शुरु भईहाल्छ ।

‘अमेरिकी अन्तरिक्ष कार्यक्रमको जिम्मेवारी बोक्नु पक्कै पनि गर्व भाव दिने कुरा हो,’ नासाका यानका लागि क्राउलर–ट्रान्सपोर्टर (क्राउलर ट्रान्सपोर्टर अन्तरिक्ष यान बोक्ने साधन हो, जसलाई ट्रयाक्ड साधन समेत भनिन्छ) बनाउने दलका उपल्ला अधिकारी बब मायर्स भन्छन् । यो अहिलेसम्म बनेकामध्ये सबैभन्दा विशाल साधन समेत हो । ‘हामीसँग एउटा रकेट छ । र, एउटा प्रयन्त छ । जुन हामी कुनै पनि हालतमा असफल हुनै दिंदैनौं ।’

चार चक्के साधन सन् १९६५ मै स्याटर्न ५ रकेट बोक्न बनेको थियो । जुन अन्तरिक्ष चन्द्रमासम्म पुगेको थियो । यो ७० को दशकमा स्पेस सटलका लागि समेत प्रयोगमा आएको थियो । त्यसैमध्ये एउटालाई अहिले शक्तिशाली तवरमा रुपान्तर गरेर एसएस बोक्न सक्ने बनाइएको हो । अत्याधुनिक बनाइनुका बाबजुद पनि यो भीमकाय यानको आधारभूत डिजाइन परिवर्तन गरिएको छैन । ४० मिटर लामो, ३५ मिटर अग्लो मार्गदर्शक यानले २ हजार ७ सय टन भार वहन गर्न सक्छ । ‘क्राउलर स्लाड रुलबाट बनेको हो । कम्युटरबाट होइन । यसबाट कहिलेकाहीं हामी पनि चकित पर्छौं,’ ३५ वर्षभदा लामो समयदेख क्राउलर ट्रान्टपोर्ट चलाईरहेका मायर्स भन्छन्, ‘पहिलेका पनि राम्ररी बनाईका थिए । सायद अझै राम्रा पो थिए कि । तर अहिलेका तीभन्दा पनि ज्यादै राम्रो तरिकाले बनाइएको छ । त्यसैले ती आजपनि विश्वसनीय छन् ।’

तिनका केही महत्वपूर्ण तथ्यांक पक्कैपनि प्रभावशाली देखिन्छन् । क्राउलर दुईवटा डिजेल इन्जिनयुक्त हुन्छ । यसले १६ ट्रयाक्सन मोटरमा आपूर्ति हुने बिद्युत शक्ति उत्सर्जन गर्छ । प्रत्येक कुनामा हुने ट्रयाक जोडी तल्लाले बनेको हुन्छ । त्यसमा ५७ सुज, सेन्सर र ज्याक हुन्छ । रकेट चल्दाखेरी यो आवश्यकता अनुसार माथिल्लो प्लेटफर्ममा पुग्छ । ‘हामीसँग क्राउलर मार्ग बनाउने कन्ट्रयाक्टरहरु हमेसा तयारी हालतमा घुमिरहेका हुन्छन्,’ क्राउल प्रोजेक्ट व्यवस्थापक जोन गिल्स भन्छन्, ‘जब क्राउलर चल्छ चट्टानमा घर्षण पैदा हुन्छ । यसबाट उडानका लागि मसला पैदा हुन्छ । अनि उड्छ ।’

अगाडि र पछाडि गर्दा मेसिनहरु क्याबबाट नियन्त्रण गरिराखिएको हुन्छ । मायर्सले जब सन् १९८२ मा स्पेस सटल लैजान यो कन्ट्रोल देखे त्यो एकदमै तनावपूर्ण अनुभव रह्यो । ‘म केही अत्तालिएको थिएँ । रकेट बोक्दा पक्कै पनि त्यहाँ शक्तिको अनुभव हुन्छ नै,’ उनी भन्छन्, ‘यो भक्सवागन हाँकेजस्तो पक्कै होइन ।’

‘शुरुमा त म एकदमै डराएँ । यदि साँच्चै केही गल्ती भईदिएको भए लामो समयसम्म हामीबीच कुराकानी गर्ने यो पक्ष नै हुँदैन थियो,’ गिल्स थप्छन्, ‘थप तनाव र दबाबका लागि आफूलाई बानी पार्न पक्कै पनि समय लाग्छ ।’

यद्यपि चालकलाई पर्यवेक्षकको समूहले सहायता दिईरहेको हुन्छ । रेडियो, वाकिटकीका माध्यमबाट क्राउलरको प्रगति नियमन गरिरहेको हुन्छ, उक्त समूहले । वास्तवमा सडकमा थुप्रै कार चलाएजस्तै हो, यो । चालक बस्ने ठाउँमा ६ इन्च डायमिटर स्टियरिङ व्हिल, स्पिड डायल र ब्रेक प्याडल हुन्छ । सबै कमान्ड तुलनात्मक रुपमा साधारण कन्ट्रोलबाट हुन्छ । जुन नयाँ अपग्रेड गरिएको कम्युटर प्रणालीबाट हुन्छ । यो प्रणालीले हाइड्रोलिक पम्प सरल र सहज रुपमा काम गरिरहेको छ वा छैन भनेर हेर्छ । यो पम्पले सन् १९६० तिर मेकानिकल कम्पोनेन्टस चलाएको थियो ।

‘साँच्चै यो साधारण लाग्छ । तर यसमा तपाइँलाई चाहिने जम्मै कुरा हुन्छ,’ मायर्स भन्छन्, ‘त्यहाँ थुप्रै बाँगाटिंगा कुराहरु हुन्छन् । कहीं गति बढाउनुपर्छ कहीं घटाउनुपर्छ । यो जम्मै अनुभवले मात्रै सिकाउन सक्छ । अनि पर्यवेक्षकको पनि हात हुन्छ । यसले नै सवारी साधन चलाउन मद्दत गर्छ ।’

लन्च हुनुअघि यो भीमकाय रकेट केही पनि होइन । लन्च प्याडसम्म पुग्न कम्तीमा पनि सात घण्टाको पूरा यात्रा गर्नुपर्छ । बाटोमा हरेक दुई घण्टामा चालक परिवर्तन गर्नुपर्छ । तर क्राउल भने अगाडि बढिरहन्छ । ‘प्याडको माथिल्लो भागमा नपुगुञ्जेलसम्म रोकिनुहुँदैन । त्यहाँ पुगेपछि लन्चर बस्न दिनुपर्छ,’ मायर्स भन्छन्, ‘मौसमका कारण खराबी होस् भन्ने हामी चाहँदैनौं । त्यही भएर हामी यो काम जतिसक्दो चाँडो र सुरक्षित होस् भन्ने किसिमले काम गर्छौं ।’

यो मेसिन एक घण्टामा एक माइलभन्दा कम चल्छ । यो पनि ठूलो उपलब्धि हो । ‘यो कति चाँडो गुड्छ भन्ने कुरा मुख्य होइन । कति धीमा गतिमा जान सक्छ भन्ने मुख्य हो,’ मायर्स भन्छन्, ‘आधा इन्चमै प्लाटफर्ममा यसले आफ्नो पोजिसन बनाउने र काट्ने क्षमता राख्छ । साथै एक इन्च बाँकी रहँदा ८ इन्चको कमान्ड गर्न सक्छ ।’ यस्तो अभ्यास भक्सवागन गाडीमा समेत गर्न सकिन्छ ।

यसमा केही गडबडी हुँदैन त ? ‘कदापि । हामी यसलाई बर्बाद हुन दिंदैनौं,’ सहानुभूतिसहित मायर्स भन्छन्, ‘यस्ता खतरालाई रोक्न हामीले विभिन्न ठाउँमा रोकावटका उपाय राखेका हुन्छौं । चालकलाई सघाउने थप पर्यवेक्षक, पर्यवेक्षकलाई समेत सघाउने थप पर्यवेक्षक । हामीले हरचीज गरेका हुन्छौं ता कि रकेट प्याडसम्म सुरक्षित पुग्न सकोस् ।’

क्यालेन्डरमा ५० वर्ष र करिब ३ हजार किलोमिटर पुगिसक्यो । नासाले क्राउलर अझै तीन दशक कामयावी हुने प्रक्षेपण गरेको छ । पछिल्लो आधुनिकीकरण सकिएपछि एसएलएस मिसनको परीक्षण समेत राम्ररी अगाडि बढिरहेको छ । र, नयाँ रकेट बोक्ने शक्तिशाली क्राउलर प्रयोग हुनुअगावै साँच्चै उनीहरुको लेखाजोखा सही ठहरिंदैछ । अब यसले कति भार बोक्न सक्छ भन्ने मात्रै जाँच्नुपर्ने छ ।

सबै राम्रो भईरहेकोले क्राउलर जे कामका लागि डिजाइन गरिएको थियो यसले पुनः एकपटक उक्त काम गज्जबले गर्नेछ । यसको मुख्य काम हो रकेटलाई गति दिनु, जसले मानिसलाई चन्द्रमासम्म पु¥याउनेछ । ‘त्यो साँच्चै महान दिन हुनेछ,’ मायर्स भन्छन्, ‘अब त्यो दिन आउन धेरै समय छैन ।’


–बीबीसी

 

 

Subscribe Now