नासा टोली श्रीलंका भ्रमणका लागि प्रस्थान

पुष २७,२०७४
नासा टोली श्रीलंका भ्रमणका लागि प्रस्थान

काठमाडौं – सडक सुरक्षा सम्बन्धी विभिन्न अध्ययनको लागि नेपालको तर्फबाट एक टोली आज श्रीलंका प्रस्थान गरेको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का उपाध्यक्ष मेघराज पौडेलको नेतृत्वमा गएको टोलीमा नेपाल मोटर स्पोर्ट्स क्लबका अध्यक्ष दीपक कुमार आचार्यका साथै नासा र राष्ट्रिय खेलकुद परिषदसँग आवद्ध मधुसूदन सिग्देल, ओम थपलिया, प्रवेश पौडेल र पशुपति अधिकारी संलग्न छन् ।

उनीहरु अटोमोबाइल एसोसिएसन अफ सिलोन (एए सिलोन) को निमन्त्रणामा गएका हुन् । उनीहरुले अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (आईडीपी) र डिफेन्सिभ ड्राइभिङ स्कुलको अध्ययन गर्ने छन् । उनीहरु नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को तर्फबाट Region II  को सहयोगमा सञ्चालित Mentoring Programme अन्तर्गतको उच्च तहको अध्ययन भ्रमणका लागि गएका हुन् ।

नेपालको जल्दोबल्दो समस्याको रुपमा रहेको सडक दुर्घटना न्यूनीकरणको लागि नीतिगत, कानुनी र प्राविधिक उपायहरुको अध्ययन गर्नुका साथै सो टोलीले अन्तर्रा्ष्ट्रिय ड्राइभिङ परमिटको बारेमा समेत अध्ययन गर्नेछ । श्रीलंकाली सरकारी अधिकारीसँग समेत भेटघाट गरी सो टोली भारत हुँदै नेपाल फर्किने छ ।

कमेन्ट गर्नुहोस्