यी हुन् नाडाका बेस्ट स्टल विजेता

काठमाडौं – हिजो सम्पन्न नाडा अटो शो २०१८ मा टीभीएस, फक्सवागन र रिता अटोमोबाइल्स बेस्ट स्टल घोषित भएका छन् ।

स्टल विजेताहरुलाई नाडाका अध्यक्ष शम्भुप्रसाद दाहाल र निवर्तमान अध्यक्ष अन्जन श्रेष्ठ तथा नाडाका अन्य पदाधिकारीहरुले पुरस्कार वितरण गरेका थिए ।

टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सका दीपक अग्रवाल, फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालका पवन सिंह भण्डारी र विभिन्न स्पेयर पार्ट्सका विक्रेता रिता अटोमोबाइल्सका विवेक भुसालले पुरस्कार ग्रहण गरेका थिए ।

नाडामा भएका विभिन्न स्टल मध्ये चार पांग्रे सवारी तर्फ फक्सवागन, दुई पांग्रे तर्फ टीभीएस र सपोर्टिङ तर्फ रिता अटोमोबाइल्सले बेस्ट स्टलको पुरस्कार पाएका थिए ।

गत भाद्र २६ देखि प्रारम्भ भएको नाडा अटो शो २०१८ हिजो समापन भएको हो ।

यस पटकको अटो शो करिब ६५ हजार अवलोकनकर्ताले हेरेको नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए ।

नाडाले दसैं आउन करिब महिना अगाडि गरिएको अटो शोमा सवारीका नयाँ मोडलहरू समेत सार्वजनिक भएका थिए । मेलामा खरिदकर्ताहरूलाई विभिन्न छुट र उपहार दिइएको थियो ।

Subscribe Now