सम्पन्न भयो नाडा अटो शो, टीभीएस, फक्सवागन र रिता अटोमोबाइल्स बेस्ट स्टल

काठमाडौं – गत भाद्र २६ देखि प्रारम्भ भएको नाडा अटो शो २०१८ आज समापन भएको छ ।

यस पटकको अटो शो करिब ६५ हजार अवलोकनकर्ताले हेरेको नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए ।

त्यसैगरी नाडामा भएका विभिन्न स्टल मध्ये चार पांग्रे सवारी तर्फ फक्सवागन, दुई पांग्रे तर्फ टीभीएस र सपोर्टिङ तर्फ रिता अटोमोबाइल्सले बेस्ट स्टलको पुरस्कार पाएका छन् ।

यस वर्ष प्रवेश टिकटमा प्रत्येक दिन गोलाप्रथाद्वारा भाग्यशाली विजेताले कुलप्याड मेगा २.५ डि स्मार्टफोन प्राप्त गर्न सक्ने व्यवस्था थियो । त्यस अनुसार ६ जना भाग्यशाली विजेताले सो मोबाइल प्राप्त गरेका छन् । कुलप्याड स्मार्टफोन जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले प्रायोजित गरेको थियो ।

६ दिनसम्म चलेको नाडा अटो शो मा १९ वटा ब्रान्डका ४ पांग्रे तथा २० वटा ब्रान्डका २ पांग्रे सवारीसाधनहरू प्रदर्शनीका लागि उपलब्ध थिए । अटो शोमा यस वर्ष ७१ कम्पनीहरूको सहभागिता थियो भने साना ठूला गरी १ सय ३४ वटा ब्लक तथा स्टल रहेका थिए ।

प्रदर्शनीमा प्रख्यात ब्रान्डका सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसेसरिजहरूलगायत नेपालमै उत्पादित सामग्रीहरूसमेत थिए ।

नाडाले दसैं आउन करिब महिना अगाडि गरिएको अटो शोमा सवारीका नयाँ मोडलहरू समेत सार्वजनिक भएका थिए । मेलामा खरिदकर्ताहरूलाई विभिन्न छुट र उपहार दिइएको थियो ।

Subscribe Now