Check, click, shop
शुरु भयो नाडा अटो शो, ६० हजार अवलोकनकर्ता हुने अनुमान

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा सवारी साधनको मेला ‘नाडा अटो शो २०१८’ प्रारम्भ भएको छ । आगामी भाद्र ३१ गते सम्म आयोजना हुने ‘नाडा अटो शो २०१८’ मा १९ ब्रान्डका ४ पांग्रे र २० ब्रान्डका २ पांग्रे सवारी साधन प्रदर्शनका लागि राखिएका छन् ।

अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण लिएर भन्दा पनि कमाएर गाडी किन्ने वातावरण निर्माण गर्नु पर्ने आवश्यकतामा जोड दिदै सरकारले औद्योगिक संरक्षणका लागि आवश्यक कार्य गरिरहेको बताए ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने सो अटो शोमा ४ पांग्रे, २ पांग्रे र अटो कम्पोनेन्ट्सको अत्यधिक मागलाई ध्यानमा राखी यस वर्ष ३ वटा ह्यांगर अर्थात डोम राखिएको छ ।

नाडा अटो शो २०१८ को शीर्ष प्रायोजक सर्भो वल्र्ड क्लास लुब्रिकेन्ट रहेको छ ।

यस पटक पैठारीकर्ता, डिलर, उत्पादक तथा बिक्रेता गरी ७१ कम्पनीहरुको सहभागिता रहेको छ भने साना ठूला गरी १ सय ३४ वटा ब्लक तथा स्टलहरु रहेका छन् ।

प्रदर्शनीमा प्रख्यात ब्रान्डका सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिज लगायत नेपालमै उत्पादित सामग्रीहरु समेत रहेका छन् ।

अवलोकनकर्ताहरुको सुविधालाई ध्यानमा राखी प्रदर्शनी क्षेत्रमा २ पांग्रे, ४ पांग्रे तथा अटो कम्पोनेन्टहरु छुट्टाछुट्टै ठाउँमा प्रदर्शनीका लागि राखिने व्यवस्था गरिने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए ।

सहभागी व्यवसायीहरुले आफ्ना विभिन्न ब्रान्डका सवारी साधन, पार्टपुर्जा तथा अन्य सेवाहरु ग्राहक समक्ष प्रत्यक्ष पु¥याउने तथा अवलोकनकर्ताहरुका कौतुहलतालाई सम्बोधन गर्ने प्रयास गर्ने छन् ।

यस वर्षको नाडा अटो शोमा करिब ६० हजार अवलोकनकर्ता हुने अपेक्षा गरिएको अटो शो संयोजक निराकार श्रेष्ठले बताए ।

 

Subscribe Now