Check, click, shop
दोहा पुगेर फर्कियो निगमको नयाँ एयरबस

काठमाडौं - नेपाल वायुसेवा निगमले हालै खरिद गरेको एयरबस ३३०–२०० वाइडवडी विमानले हिजोदेखि व्यावसायिक उडान प्रारम्भ गरेको छ । निगमले खरिद गरेका दुईवटा वाइड वडी विमानमध्ये यो पहिलो हो ।

बुधबार साँझ ९ः३० बजे दोहाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ‘अन्नपूर्ण नाम दिइएको उक्त विमान करिव ५ घण्टाको उडान पछि दोहा पुगेको थियो । २७४ सीट क्षमताको उक्त विमानबाट २४६ यात्रुले यात्रा गरेको निगमले जनाएको छ ।

उक्त विमान बिहीबार दोहाबाट काठमाडौं फर्किएको छ । उक्त उडानमा २५९ यात्रु सवार रहेको निगमले जनाएको छ ।

Subscribe Now