केएल टावरमा सपिङ गर्दा मोटरसाइकल, स्कुटर उपहार

काठमाडौं - केएल टावरमा सञ्चालित दशैं तिहार उपहार योजनामा टिभिएसको अपाची आरटीआर मोटरसाइकल, जुपिटरको स्कुटर लगायतका उपहार राखिएको छ । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले चाडपर्वको अवसर पारेर असोज १९ गतेदेखि कात्तिक ३० गतेसम्मको लागि रमाईलो दशैं तिहार उपहार योजना सञ्चाल गरेको छ ।

यस योजनामा ग्राहकले प्रत्येक दिन उपहार जित्न सक्ने छन् । ग्राहकले उपहार जित्नको लागि के एल टावरमा रहेका आउटलेटमा कम्तीमा एक हजार रुपैयाँको सामान खरिद गर्दा कुपन प्राप्त गर्ने छन् । उक्त कुपनका आधारमा दैनिक तथा साप्ताहीक लक्की ड्र गरी उपहार वितरण गरिने टावरले जनाएको छ ।

सो दशैं तिहार उपहार योजनामा ग्राहकले बम्पर उपहारमा टिभिएसको अपाची आरटीआर मोटरसाइकल, जुपिटरको स्कुटर लगायतका उपहार जित्न सक्ने छन् । दैनिक उपहारमा ग्राहकले सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन, जित्न सक्नेछन् । त्यसै गरी साप्ताहिक रूपमा टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिज लगायतका घरायसी सामान उपलब्ध गराउने टावर व्यवस्थापनले जनाएको छ ।

 

 

Subscribe Now