Check, click, shop
बिजि मलमा दशैं तिहार योजना, मोटरसाइकल र स्कुटर उपहार

काठमाण्डौ - बिजी मलले दशैं तिहार लक्षित उपहार योजना सुरु गरेको छ । गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले असोज २० गते देखि कात्तिक ३० गतेसम्म उपहार योजना सुरु गरेको छ ।

यो उपहार योजनामा ग्राहकले बम्पर उपहारका रुपमा एक जनाले टिभिएसको अपाची मोटरसाइकल र अर्को एक जनाले टिभिएसकै जुपिटर स्कूटर तथा ४ रात ५ दिनको बैंकक ट्रिपको अवसर पाउने भएका छन् ।

ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउनका लागि सञ्चालन गरेको सो फ्यान्टास्टिक दशैं तिहार उपहार योजनामा हात खाली नजाने उपहार राखिएको छ । यो योजनाबाट सेवाग्राहीले कुनै न कुनै उपहार पाउने मलले जनाएको छ । उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने छ ।

बम्पर उपहारका रुपमा टिभिएसको अपाची मोटरसाइकल र जुपिटर स्कूटरको साथै ग्राहकले दैनिक रुपमा स्मार्ट फोन, १ हजार रुपैंयाको नगद छुट, खाजा तथा अन्य उपहारहरु प्राप्त गर्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा ३२ ईञ्चको सिजि टेलिभिजन, सिजि वासिङ मेशिन, र सिजि साउण्ड बारपनि उपहारको रुपमा पाउन सक्नेछन् ।

 

Subscribe Now