Gulf Ave Trading
जाडो मौसममा मोटरसाइकल राइडिङ : टिप्स
Total
Tata tigro
मोटरसाइकल चालकहरुका लागि जाडो याम निकै चुनौतीपुर्ण हुन्छ । जाडोको समयमा त्यत्तिकै पनि निकै चिसो हुन्छ, अझ चिसो हावामा मोटरसाइकलमा सवार हुदा स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न सक्छ । यसले गर्दा विरामी हुने सम्भावना पनि हुन्छ । तर पनि मोटरसाइकल चढ्नु नै पर्ने बाध्यता पनि हुन्छ । कतिपय मोटरसाइकल चालकले त यो समयभरी नै मोटरसाइकल ग्यारेजमा थन्क्याएर राख्ने पनि गर्छन् ।

मोटरसाइकल चढ्नु अत्यावश्यक छ । चिसोले समस्यामा पार्ने सम्भावना पनि हुन्छ । तर अलिकति सावधानी अपनाएमा हामी यी सबै समस्यावाट छुट्कारा पाउन सक्छौ । हुन त मोटरसाइकल चलाउदा सबै मौसममा सावधानी अपनाउनु आवश्यक छ । तर पनि चिसो मौसममा भने अझै बढी सावधान हुनु आवश्यक छ । यसका लागि उपयुक्त सामग्रीको प्रयोग, अलिकति सावधानी र राइडिङ स्टाइलमा अलिकति परिवर्तन गर्नु आवश्यक छ । यसो भएमा हामी चिसो मौसममाथि विजय प्राप्त गर्न सक्छौ ।

जाडो मौसममा शरीरमाथि विशेष प्रकारको कभर राख्नु आवश्यक छ । यसको अर्थ शरीरलाई न्यानो राख्ने कपडाको प्रयोग गर्नु पर्छ । पुरै शरीरको कुरा गर्दा विशेष गरी वाहिरी भागमा लेदरको ज्याकेट वा कोट लगाउनु सर्वाधिक राम्रो मानिन्छ । यसले चिसो हावालाई शरीरमा घुस्नबाट निकै नै बचाउछ । तर सबैलाई लेदर मन नपर्न पनि सक्छ । यो अवस्थामा जुन गुणस्तरको कपडा भए पनि शरीरलाई चिसो हावाबाट बचाउन सक्ने खालको प्रयोग गर्नु पर्छ ।

हत्केलामा गुणस्तरीय ग्लोभको प्रयोग गर्न सकिन्छ । अहिले आधुनिक प्रविधिका वाटरप्रुफ ग्लोभहरु पाइन्छन् । ग्लोभले हातलाई न्यानो र सुख्खा राख्न सहयोग पु¥याउछन् । यो वाहेक खल्तीमा एक्स्ट्रा ग्लोभ समेत राख्दा फाइदाजनक हुन्छ । कुनै समयमा विभिन्न कारणले ग्लोभ परिवर्तन गरेर समेत प्रयोग गर्न सकिन्छ ।

जाडो मौसममा रातको चिसोका कारण सडकमा हिउ, बरफ वा अन्य विभिन्न पदार्थ जमेका हुन सक्छन् । यसले गर्दा सडक चिप्लो समेत बनेको हुन्छ । यो अवस्थामा मोटरसाइकल राइडर निकै सचेत हुनु पर्छ । यो अवस्थामा मोटरसाइल चिप्लिने सम्भावना पनि हुन्छ । त्यसैले छोटो दुरीको यात्रामा आफ्नै लेन प्रयोग गरी गति कम गर्न र आफु एड्जस्ट हुनका लागि अगाडी केही स्पेस छोड्नु पर्छ । लामो दुरीको यात्रा छ भने वीच वीचमा रोकिएर वार्म अप हुनु पर्छ ।

जाडोमा सडक पनि चिसो भएको हुन्छ । यो अवस्थामा अगाडी चलिरहेका अन्य गाडीबाट आफ्नो मोटरसाइकल केही दुरीमा चलाउनु आवश्यक छ । यसो भएमा कदाचित मोटरसाइकल चिप्लिएमा पनि अन्य गाडीलाई असर पुग्दैन र सबै गाडी सुरक्षित हुन सक्छन् । सडकमा चिसो पात वा अन्य कुनै वस्तु भएमा पनि मोटरसाइकल चिप्लिने र राइडरले नियन्त्रण गुमाउने सम्भावना हुन सक्छ । त्यसैले यी सबै वस्तुबाट सावधान हुनु आवश्यक छ ।

यात्राको क्रममा अन्य गाडी चालक वा पैदल यात्रुहरु सधै सचेत नहुन सक्छन् । त्यसैले उनिहरुले नै आफ्नो सुरक्षा गर्छन् भनी सोच्नु हुदैन । त्यसैले उनिहरुको सुरक्षाका लागि समेत मोटरसाइकल राइडर सचेत हुनु आवश्यक छ । त्यसैले अर्को गाडी वा पैदल यात्रुहरु वीचमा आएका छन् भने विस्तारै रोक्ने, हेर्ने र सचेततापुर्वक अगाडी बढ्ने गर्नु पर्छ ।

जाडो मौसममा खासगरी विहानको समयमा कुहिरो र तुवालोका कारण अगाडीको सडक र अन्य गाडी वा बस्तु समेत देख्न सकिदैन । सचेत नभएमा यो अवस्थामा विभिन्न प्रकारका खतरा हुन सक्छन् । त्यसैले अगाडीको सडकको भिजन क्लियर हुने तरिकाले विस्तारै मोटरसाइकल हाक्नु उपयुक्त हुन्छ ।

सडकमा मोटरसाइकल राइडर पनि अन्य मोटरसाइकल वा गाडी चालकले देख्न सक्ने हुनुपर्छ । विशेषत विहान वा साझको समयमा यो समस्या हुन सक्छ । त्यसैले मोटरसाइकल राइडरले रिफ्लेक्टिभ वा चम्किला खालका कपडा लगाउनु उपयुक्त हुन्छ । यसले गर्दा अध्यारोको समयमा पनि अन्य सडक प्रयोगकर्ताहरुले उसलाई देख्न सक्छन् । यसले गर्दा यात्रा सुरक्षित हुन्छ ।
मोटरसाइकलको लाइटले राम्रोस“ग काम गरेको छ कि छैन, समय समयमा जाच गर्नु पर्छ । यो वाहेक यो अरुले देख्न सक्ने किसिमको र सफा छ भन्ने कुरामा पनि सचेत हुनु पर्छ ।

चिसो मौसमको यात्राका लागि टायरमा आवश्यक मात्रामा हावा छ कि छैन भनी जाच गरिरहनु पर्छ ।

जाडो मौसममा मोटरसाइकलको मिरर र हेल्मेटको भाइजरमा अध्यारोपना हुन्छ । यसले गर्दा क्लियर भिजन नहुन सक्छ । त्यसैले यसलाई हटाउनका लागि आवश्यक स्प्रेको प्रयोग गरिरहनु पर्छ ।

माथि उल्लेखित सावधानीका शुत्रहरु अपनाएमा जाडो मौसममा मोटरसाइकल सवारी सुरक्षित हुन सक्छ । सावधानी अपनाउनु सबै मौसममा सबैका लागि आवश्यक छ । तर पनि जाडोको समयमा भने अझै बढी सावधान रहनु आवश्यक छ । यो तथ्यलाई सबैले मनन गर्नु आवश्यक छ ।

Subscribe Now