Check, click, shop
सुटकेसमा फोल्ड गर्न मिल्ने मोटरसाइकल

वैज्ञानिकहरुले सुटकेसमा फोल्ड गरेर राख्न मिल्ने विद्युतीय मोटरसाइकलको आविष्कार गरेका छन् । सिटगो नामको सो इलेक्ट्रिक बाइकलाई सुटकेसमा प्याक गरेर ट्रेन, बस, रेष्टुरेन्ट, बार, क्याफे र वजार जस्तो ठाउँमा आरामले लिएर जान सकिन्छ ।

सिटगो बाइकलाई चार्ज गर्न पनि निकै सजिलो छ । यसलाई कारमा भएको सिगरेट लाइटरबाट पनि चार्ज गर्न सकिन्छ । यो बाइक घरमै रहेको २२ भोल्टको इलेक्ट्रिसिटीबाट पनि चार्ज हुन्छ । यात्राको क्रममा चार्जिङको लागि यसमा यूयसबी पोर्ट पनि जडान गरिएको छ ।

यो वाइक एक पटक चार्ज गरेपछि ४० किलोमिटर सम्म गुड्छ । यसको टप स्पीड २४ किलोमिटर प्रति घण्टा रहेको छ । यो बाइकको मुल्य पनि सस्तो रहेको छ । यो सिटगो बाइकको मुल्य लगभग ७० हजार भारु रहेको छ । तर ४२ हजार भारुमा पनि प्री–अर्डर गर्न सकिन्छ ।

यो मोटरसाइकलको प्रमुख विशेषता भनेको पार्किङ्गको आवश्यकता नपर्नु हो । सडकमै फोल्ड गरेर राख्न सकिन्छ । शहरको भीडभाडमा आफ्नो बाइकको लागि पार्किङ्ग स्थल खोज्न निकै नै कठीन हुन्छ । तर यो वाइकले मानिसहरुलाई पार्किङको लागि स्थल खोज्दै हिंड्ने झन्झटबाट मुक्ति दिएको छ ।

Subscribe Now