Check, click, shop
सर्बाधिक महंगो इलेक्ट्रिक कार, जसले १.९ सेकेन्डमै १०० को स्पिड लिन्छ

पेरिस मोटर शोमा प्रस्तुत गरिएको एस्पार्क आउल कारले १.९ सेकेन्डमै १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यो एक इलेक्ट्रिक कार हो ।

सो कार सिंगल चार्जमा १५० किलोमिटर सम्म चल्न सक्छ । यसको मूल्य करिब ४२ करोड रुपैयाँ पर्छ ।

यो हाल सम्मकै सर्बाधिक महंगो इलेक्ट्रिक कार हो । यो कार सन् २०२० मा बजारमा आउने छ ।

पेरिस मोटर शोमा विभिन्न अटोमोबाइल कम्पनीहरुले आफ्ना उत्पादन सार्वजनिक गरिरहेका छन् ।

Subscribe Now