Check, click, shop
एउटै गाडी किन्दा १० लाख छुट ? हो, नेपालमै यस्तो अफर छ

काठमाडौं – मित्सुबिसी मोटर्सले ‘थ्री डायमन्ड दसैं अफर’ ल्याएको छ ।

यस अन्तर्गत मित्सुबिसीका गाडीमा ३ लाख देखि १० लाख रुपैयाँ सम्म छुट उपलब्ध गराइने छ । त्यसैगरी एक वर्षको इन्स्योरेन्स र सडक दस्तुर कम्पनी आफैले उपलब्ध गराउने छ । यो वाहेक स्पेसल फेस्टिभ गिफ्ट समेत प्रदान गरिने बताइएको छ । यही समयमा स्पट एक्सचेन्ज समेत उपलब्ध छ ।

नेपालमा लियोन मोटर्स प्रालिले मित्सुबिसीका गाडी बिक्री–वितरण गर्छ । मित्सुबिसीका एल २००, एएसएक्स, आउटल्यान्डर र पजेरो नेपाली बजारमा उपलब्ध छन् ।

मित्सुबिसीका गाडी महंगा गाडीमा गनिन्छन् ।

Subscribe Now