Check, click, shop
यामाहा स्टलमा मिस नेपाल र अन्य  सेलिब्रेटीलाई भेट्न सकिने

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शो अन्तर्गत यामाहाको स्टलमा आज मिस नेपाल र अन्य सेलिब्रेटीहरुलाई भेट्न सकिने भएको छ ।

मिस नेपाल श्रृंखला खतिवडा, रेमन दास श्रेष्ठ, दीया मास्के र आशीष राना (लाहुरे) यामाहा स्टलमा उपस्थित हुने छन् ।

अपरान्ह २ बजे पश्चात उनीहरुलाई भेट्न सकिने यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले जनाएको छ । उनीहरु आज र भोलि सो स्टलमा रहने छन् ।

यामाहा र मिस नेपालको विशेष सम्बन्ध हुन्छ । यामाहाले मिस नेपाल विजेतालाई फेसिनो स्कुटर प्रदान गर्दै आएको छ । त्यसैगरी यामाहाले मिस नेपाल प्रतियोगिताको अवसरमा यामाहा फेस अफ फेसिनो प्रतियोगिता समेत आयोजना गर्दै आएको छ ।

त्यसैगरी समय समयमा हुने विभिन्न सांगीतिक प्रतियोगिताहरुमा समेत यामाहा जोडिने गरेको छ ।

यी सबै कारण यामाहाले मिस नेपाल र सांगीतिक क्षेत्रका प्रतिभाहरुलाई स्टलमा उतार्ने भएको बताएको छ ।

Subscribe Now