Check, click, shop
यस्तो छ मियामी पुलिसको कार

अमेरिकाको मियामी पुलिसको कार हो यो । वास्तवमा यसलाई कार भन्दा पनि थ्री ह्विलर भन्न सकिन्छ ।

समाजका विभिन्न स्थानमा पुग्नका लागि कार निर्माता कम्पनी पोलारिसले मियामी पुलिसलाई दिएको हो । यो वास्तवमा तीन पांग्रे पोलारिस स्लिङसट हो ।

अहिले मियामी पुलिसको यो कार हेर्नकै लागि विशेष गरी बालबालिकाहरु बढी झुम्मिने गरेका छन् । यसबाट आफूहरुलाई उनीहरुसँग अन्तरक्रिया गर्नका लागि समेत सहज भएको मियामी पुलिस चिफ एमिलियो गोन्जालेजले बताएका छन् ।

पोलारिस स्लिङसटलाई ब्ल्याक एन्ड ह्वाइट पेन्ट जबमार्फत मोडिफाई गरिएको थियो । सन् २०१६ मा यसको प्रदर्शन गरिदा २० हजार डलर मूल्य तोकिएको थियो । तर मियामी पुलिसका लागि यसलाई विशेष प्रकारले डिजाइन गरिएकाले यसको मूल्य २९ हजार ४५० डलरबाट प्रारम्भ हुने बताइएको छ ।

 

Subscribe Now