यस्ता छन् एमजी जीएस र जेडएस, मूल्य कति हेर्नुस्

एमजीले आज सोरुम उद्घाटनको अवसरमा कम्पनीका गाडी समेत सार्वजनिक गरेको छ ।

यस्तो पुरानो इतिहास बोकेको कम्पनीको नेपाल स्थित अन्तर्राष्ट्रिय स्तरको नवनिर्मित शोरुम नक्सालमा आज भदौ ५ गते एक समारोहका बीच नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरिसले गरेका थिए ।

सेडानको विकल्प हुनसक्ने जीएस र जेडएस मोडलका कम्प्याक्ट प्रिमिएम एसयुभी विश्व बजारमा अति नै मनपराइएका मोडल हुन् । जसको उपस्थितिले अटोमाबाइलको नयाँ युगमा प्रवेश गराउने बताइएको छ ।

यसले उत्कृष्ट इन्जिनियरिङ, स्टाइल, सेफ्टी र आरामदायी विशेषतालाई बढावा दिनेछ ।

एमजी सधै आफ्ना मोडलहरुमा पावर र सेफ्टीलाई मूख्य फिचरको रुपमा राखेर कारको उत्पादन गर्ने बताउछ । साथै, सेफ्टी एयरब्याग, उत्कृष्ट निर्माण क्वालिटी र पावरफुल इन्जिन यसका अन्य विशेषता हुन् । एनक्याप अष्ट्रेलियाले यसलाई क्र्यास टेष्टमा ५ स्टारको रेटिङ दिएको छ, जुन यस सेगमेन्टका केही एसयुभीले मात्र पाएका छन् ।

एमजी जीएस
एमजी जीएस उत्कृष्ट फुल अप्सन एसयुभी हो । यसमा अटोमेटिक हेडल्याम्प देखि क्रुज कन्ट्रोलसम्म रहेको छ । रियर पार्किङ सेन्सर र क्यामेरा, डिएबी रेडियो र ब्लुटुथ, जुन एउटा उत्कृष्ट एसयुभीमा हुने सुविधा सबै यो कारमा रहेको छ । जीएस २.० लिटर इन्जिन, टर्बो ४ सिलिन्डरमा उपलब्ध रहेको छ ।

यो कारले ५३०० आरपीएममा २१८ बिएचपी पावर र २५०० आरपीएममा ३५० एनएम टर्क उत्पादन गर्छ । यो कार अल ह्वील ड्राइभ कार हो । यसमा ५५ लिटर क्षमताको फ्युल ट्याङक छ । यो एसयुभीको उचाई १६९९ एमएम रहेको छ भने यसको लम्बाई ४५०० एमएम रहेको छ । यो एसयुभीले कुनैपनि फिचरमा सम्झौंता नगरेको कम्पनीको भनाइ छ ।

एमजी जीएसको मूल्य ५४ लाख ९० हजार देखि ७४ लाख ५० हजार रुपैयाँ सम्म छ ।

एमजी जेडएस
यो कारमा दिइएको ४ सिलिन्डर पेट्रोल इन्जिनले १०४ बीएचपी पावर र १४१ एनएम टर्क उत्पादन गर्छ । यसको उचाई १६४८ एमएम रहेको छ भने यसको लम्बाई ४३१४ एमएम रहेको छ । यसको ह्वीलवेस २५८५ एमएम रहेको छ । यसमा ४८ लिटर क्षमताको फ्युल ट्याङक छ ।

एमजी जेडएसको मूल्य ५० लाख ५० हजारदेखि ५५ लाख ९० हजार रुपैयाँ सम्म छ ।

यी दुई वाहेक एमजीका एमजी ३ र एमजी ६ गाडी पनि उपलब्ध छन् । एमजी ३ को मूल्य ३६ लाख र एमजी ६ को मूल्य ६१ लाख ७८ हजार रुपैयाँ छ ।

एमजी गाडीको उत्पादन मोरिस ग्यारेजको नामबाट १९२१ मा सुरु भएको हो । यो कम्पनी अहिले ९७ बर्ष पुरानो भएको छ । यो कार उत्पादनको सुरुवाती समयमा विलियम मोरिसले अटोमोबाइल इन्जिनियर सेसिल किम्बरलाई हायर गरेका थिए ।

 

Subscribe Now