मासिक १२ हजार ९९९ मा ड्याटसन र निसानका गाडी पाइने, मेगा बैंकले ऋण दिने

काठमाडौं – अब मासिक १२ हजार ९ सय ९९ रुपैयाँ किस्ता तिर्न सक्नेले गाडी चढ्न सक्ने भएका छन् ।

ड्याटसन र निसान गाडी किन्नका लागि मेगा बैंकले यसका लागि आवश्यक ऋण उपलब्ध गराउने भएको छ ।

नेपालमा ड्याटसन र निसान गाडी उपलब्ध गराइरहेको पायोनियर मोटोकर्पले यसका लागि मेगा बैंकसँग सम्झौता गरेको छ । मेगासँग १० वर्षे सम्झौतामा गाडी किन्दा मासिक १२ हजार ९ सय ९९ रुपैयाँको किस्तामा ऋण पाइने भएको हो ।

त्यसका लागि ग्राहकले ३५ प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्छ ।

सम्झौतापत्रमा मेगा बैङ्ककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र पायोनियर मोटोकर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दले हस्ताक्षर गरे ।

सम्झौताअनुसार पायोनियर मोटोकर्पबाट गाडी किन्न चाहने ग्राहकलाई मेगा बैंकले सरल, सहज र सुलभ दरमा १० वर्षसम्म भुक्तानी गर्ने गरी वित्तीय सुविधा प्रदान गर्नेछ ।

प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र सात कार्य दिनमै कर्जा प्रवाह गरिने बैङ्कले जनाएको छ ।

यो सुविधा मेगा बैंकका देशभरका शाखाहरुबाट लिन सकिनेछ । यो सम्झौतापछि ग्राहकलाई सस्तोमा गाडी लिन सहज हुने बैंकले विश्वास गरेको बताएको छ ।

 

 

Subscribe Now