Check, click, shop
महिन्द्राका नयाँ थ्री ह्वीलर तराईमा

काठमाडौं - महिन्द्रा टु ह्वीलर्स नेपालको लागि आधिकारिक विक्रेता अग्नि मोटो इन्कले तराईमा नयाँ थ्री ह्वीलर भित्र्याएको छ । कम्पनीले शून्य उत्सर्जन गर्ने नयाँ विद्युतीय सवारी ई-अल्फा थ्री ह्वीलर ल्याएको हो ।

अग्नीले तराई क्षेत्रका बुटवल, भैरहवा, लाहान तथा विराटनगरमा यी नयाँ थ्री ह्विलर प्रस्तुत गरेको छ । यो वातावरण मैत्री तथा सुरक्षित सवारीको रुपमा रहेकाले तराई भेगमा राम्रो बजार लिने कम्पनीले दावी गरेको छ ।

इ–अल्फा मिनिले विभिन्न शहरहरुमा बसोवास गर्दै आएका नेपालीलाई आबद्ध गर्ने छ । यो एकपटक चार्ज गरे पछि ८५ किलोमिटर सम्म गुड्न सक्दछ । कम्पनीले यसमा २५ किलोमिटर प्रति घन्टाका दरमा कुद्न सक्ने क्षमता रहेको जनाएको छ ।

१ हजार वाटको मोटर तथा कन्ट्रोलर भएको यस सवारीमा ४८ भोल्ट १२० ए एच को व्याट्री लाग्दछ । यो धेरै भारवाहन क्षमता, अन्य प्रतिस्पर्धी सवारीहरुको तुलनामा चढ्न र चलाउन सहज रहेको कम्पनीको जनाएको छ ।

यसमा बस्ने यात्रुहरुलाई सहजता एवं चालकलाई पनि सुविधा मिल्ने कम्पनीले जनाएको छ । इ–अल्फा मिनिमा आकर्षक भित्री डिजाइन रहेको छ, रुवस्ट बडी, फुल क्यानोपि, स्टाइलिस ब्याक ड्यासबोर्ड, चुस्त सस्पेन्सन, सिफ्टिङ्ग क्लच तथा चेसिस रहेको छ । यसमा बस्ने ठूलो क्याविन छ । थोरै समयमानै सवैको लोकप्रिय वन्ने कम्पनीले विश्वास लिएको छ ।

सबै नयाँ इ-अल्फामा कम्पनीले २ वर्षको वारेन्टी, व्याट्रीमा ६ महिनाको वारन्टी तथा ६ महिनासम्म निःशुल्क सर्भिसिङ्ग उपलब्ध गराएको छ।

Subscribe Now