नोभेम्बर २४ मा लन्च हुने भयो महिन्द्रा अल्टुरस जी४

महिन्द्राले भारतमा नयाँ एसयूभी अल्टुरस जी फोर लन्च गर्नुभन्दा पहिले नै बुकिङ लिन शुरु गरेको छ ।

महिन्द्राको सो कार साङयोङ रेक्सटन एसयूभीबाट प्रभावित छ र आगामी नोभेम्बर २४ मा लन्च गर्ने तयारी छ ।

यसमा २.२ लिटरको डिजेल इन्जिन हुने र यसले १८०.५ एचपी पावर र ४५० एनएम टर्क प्रदान गर्ने बताइएको छ ।

सो एसयूभीको क्याबिनमा धेरै स्पेस छ । यसको सिट र ढोकामा लेदरको प्रयोग गरिएको छ ।

कारमा मर्सिडिजको ७–स्पिड गियरबक्स उपलब्ध हुनेछ, जसलाई म्यानुअल सिफ्ट गर्न सकिन्छ ।

सो कारको मूल्य ३० लाख भारुको हाराहारी हुने अनुमान गरिएको छ ।

यसको प्रतिस्पर्धा टोयोटा फर्चुनर र फोर्ड एन्डेभरसँग हुने अनुमान गरिएको छ ।

Subscribe Now