यस्ता थिए महात्मा गान्धीले चढेका कार

महात्मा गान्धीलाई भारतका राष्ट्रपिता मानिन्छ । भारतको स्वतन्त्रता संग्राममा उनको महत्वपूर्ण भूमिका छ । हिजो अर्थात अक्टोबर २ मा उनको जन्म दिन हो । जन्म दिनको अवसरमा उनले चढेका कार वारेमा चर्चा गरौं ।

फोर्ड मोडल टी
अमेरिकामा फोर्ड मोडल टीले कार प्रतिको धारणा नै परिवर्तन गराएको थियो । यो फोर्डको पहिलो कार पनि हो । गान्धीले पनि यही कार प्रयोग गर्थे । सन् १९२७ मा उनले र्याली उद्घाटन गर्न जादा पनि यही कार प्रयोग गरेका थिए ।

प्याकार्ड १२०
महात्मा गान्धीलाई सेतो प्याकार्डमा चढेको पनि धेरै पटक देखिन्थ्यो । सो कार स्वतन्त्रता सेनानी तथा उद्योगपति घनश्याम दास बिरलाको थियो भनिन्छ । यो कार अन्य केही ब्यक्तिहरुसँग पनि थियो ।

स्टडबेकर प्रेसिडेन्ट
भारतका महत्वपूर्ण ब्यक्तित्वलाई प्रदान गरिने स्टडबेकर प्रेसिडेन्ट कार पनि महात्मा गान्धीले प्रयोग गर्थे । यो फर्स्ट जेनेरेसनको स्टडब्रेकर प्रेसिडेन्ट थियो, जुन सन् १९२६ देखि १०३३ बीचमा बनेको थियो ।

 

Subscribe Now