Check, click, shop
फेस्टिभ अफर, लेमोटोका बाइकमा २० हजार छुट र अन्य सुविधा

काठमाडौं – लेमोटो बाइकमा फेस्टिभ अफर अन्तर्गत २० हजार रुपैयाँ छुट पाइने भएको छ ।

लेमोटो एलआरएफ २५० मा सो छुटका साथै निःशुल्क डर्ट हेलमेट, ३ वर्षका लागि निःशुल्क सर्भिसिङ र फाइनान्स सुविधा उपलब्ध हुनेछ ।

लेमोटोको सो बाइक मोटार्ड र डर्ट भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य ६ लाख २० हजार रुपैयाँ छ ।

लेमोटो एलआरएफ २५० मा २४९.६ सीसीको सिंगल सिलिन्डर फोर स्ट्रोक लिक्विड कुल्ड इन्जिन छ, जसले ३४ बीएचपी पावर र २३ एनएम टर्क प्रदान गर्छ । बाइकमा ड्युअल टाइटानियम एक्जस्ट पाइप छ । सो बाइकको सिटको उचाई ९ सय ५० एमएम छ ।

नेपालमा राई मोटर्सले लेमोटोका बाइक बिक्री गरिरहेको छ ।

Subscribe Now