Check, click, shop
बदला लिनको लागि बनेको थियो ल्याम्बोेर्गिनी स्पोर्टस् कार

ल्याम्बोर्गिनी विश्वको चर्चित लक्जरी र स्पोर्टस् कार निर्माता कम्पनी हो । हाल यो कम्पनीका कार निकै लोकप्रिय छन् । यद्यपि सबभन्दा पहिले यो कम्पनीले कसैसँग बदला लिनको लागि कार बनाएको थियो भन्दा अचम्म लाग्न सक्छ ।

ल्याम्बोर्गिनीले सबैभन्दा पहिले ट्रयाक्टर बनाउँथ्यो । ल्याम्बोर्गिनीका संस्थापक फेरुचियो ल्याम्बोर्गिनीको जन्म २८ अप्रिल १९१६ मा इटालीमा भएको थियो । उसलाई सानैदेखि मेसिनसँग लगाव थियो । पछि उनले टेक्निकल शिक्षा ग्रहण गरी इटालियन रोयल एयर फोर्समा जागिर खाए ।

दोस्रो विश्वयुद्ध सकिने वित्तिकै उनले आफ्नो जागिर छोडेर ट्रयाक्टर बनाउने कम्पनी स्थापना गरे । कम्पनी राम्रोसँग चलिरहेको थियो । फेरुचियो सानैदेखि लक्जरी तथा स्पोर्टी कारका सौखिन थिए । त्यसैले उनले धेरै लक्जरी कारहरु किने ।

फेरुचियोसँग फरारी २५० जीटी कार थियो । एक दिन फरारी चलाउँदै गर्दा क्लचमा केही समस्या आइप¥यो । यसको बारेमा उजुरी गर्न उनी फरारीको सर्भिस सेन्टर धाउन थाले । निकै समयसम्म पनि कुनै जवाफ नआए पछि उनले सिधै फरारीको मालिक एन्जो फरारीसँग सम्पर्क गरी आफ्नो समस्याको बारेमा उनलाई वताए ।

तर, फरारीले फेरुचियोको मजाक उडाउँदै कारको खरावी होइन कार चलाउने व्यक्तिमा खरावी भनेर कुरा टारे । साथै तिमी ट्रयाक्टर बनाउने मान्छेलाई कारको बारेमा के जानकारी हुन्छ भने । यो कुराले फेरुचियोको मन छोयो र फरारी भन्दा पनि दमदार स्पोर्ट्स कार बनाउने विचार गरे ।

उनले सन १९६३ मा आफ्नो पहिलो कार ल्याम्बोर्गिनी ३५० जीटी बनाए । ल्याम्बोर्गिनी कारको लोगोमा एक साँढे राखे । सन १९७४ मा इन्धनको हाहाकार मच्चियो । त्यस पछि इन्धन खपत गर्नेहरुले ल्याम्बोर्गिनी कार किन्न छोडे ।

फेरुचियोले आफ्नो कम्पनी ल्याम्बोर्गिनी बेच्नु प¥यो । त्यसपछि लगातार जस्तै यो कम्पनीको मालिक पनि परिवर्तन भइरहे । आखिर सन् १९९० मा फक्सवागन ग्रुपले यो कम्पनी खरिद ग¥यो । आज सम्म पनि फक्सवागनले नै ल्याम्बोर्गिनी कम्पनी सञ्चालन गर्दै आएको छ ।

 

Subscribe Now