Check, click, shop
किर्लोस्करले ल्यायो ‘मेघा टी’ टिलर
काठमाडौं – किर्लोस्कर ओयल इन्जिन्सले ‘मेघा टी’ टिलर बजारमा ल्याएको छ ।

भारत, बंगलादेश र नेपालका २ हेक्टर भन्दा कम कृषियोग्य जग्गा भएका किसानलाई लक्षितगरी यो उपकरण ल्याइएको कम्पनीले जनाएको छ । नेपालमा दुगड व्रदर्स एण्ड सन्स प्रालिलाई उपकरणको बिक्री बितरणको जिम्मा प्रदान गरिएको छ ।

यसमा बसेर चलाउन मिल्छ । भिजेको वा सुक्खा भूमि भएको खेतमा ट्याक्टरलेजस्तै खनजोत गर्न सजिलो हुने र छोटो समयमा धेरै काम हुने कम्पनीको भनाइ छ ।

इन्जिनको आयु बढी रहेको दावी गर्दै कम्पनीले उच्च टर्क भएपति इन्धनको खपत कम गर्ने जनाएको छ । बढी सन्तुलन, अधिक सुरक्षा सुविधा, ट्याक्टर हुड भएको, प्रवेश गर्न र बाहिर निस्कनको लागि थप स्थान भएको तथा किसानलाई काम गर्न सजिलो हुने सुबिधाहरु यसमा रहेको किर्लोस्करका रजित घोषले बताए ।

Subscribe Now