Check, click, shop
मोटरसाइकल भाडा अब खल्ती एपबाटै तिर्न सकिने

काठमाडौं – मोटरसाइकल ट्याक्सीका रुपमा लोकप्रिय ‘टुटल’ र पेमेन्ट सर्भिस ‘खल्ती’ बीच रणनीतिक साझेदारीको सुरुवात भएको छ । दुई कम्पनीबीच भएको सम्झौताअनुसार अब प्रयोगकर्ताले सजिलै आफ्नो खल्ती एप मार्फत निकै सहज तरिकाले ‘टुटल’मा पैसा राख्न र मोटरसाइकल भाडा तिर्न सक्ने बताईएको छ ।

खल्तीका निर्देशक अमित अग्रवाल र ‘टुटल’का सह सस्थापक तथा सीइओ शिक्षित भट्टले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

‘सवारी यात्रा र पैसा भुक्तानी हामी सबैले दैनिक रुपमा भोग्दै आइरहेको एउटा समस्या हो । यो पार्टनरशिप दुवै समस्यालाई एकसाथ हल गर्न केन्द्रित हुनेछ,’ ‘खल्ती’ का डाइरेक्टर अमित अग्रवालले भने ।

‘‘खल्ती’ र ‘टुटल’को लक्षित प्रयोगकर्ताको समूह एउटै भएको कारणले यस साझेदारीले दुवै कम्पनीलाई छिटो अगाडी बढ्न र अलग पहिचान बनाउन मदत प्रदान गर्छ भन्ने कुरामा हामीलाई विश्वास छ,‘ ‘टुटल’का सह–संस्थापक तथा सीइओ शिक्षित भट्टले भने ।

साथै, साझेदारी सुरुवातको अफर स्वरुप टुटल प्रयोगकर्ताले खल्तीमार्फत पैसा राख्दा ५ प्रतिशत थप टुटल अकाउन्टमा पैसा पाउनेछन् भने ‘खल्ती’ले पनि ‘खल्ती अकाउन्ट’मा ५ प्रतिशत क्यासव्याक दिने बताईएको छ ।

२०१७ को जनवरीमा नै सुरु भएको टुटल सार्वजनिक सवारीसाधनको यात्रा सहज नभएको बेला भाडा तिरेर मोटरसाइकलमा यात्रा गर्न पाइने सेवा हो । हाल टुटल प्रयोगकर्ताको संख्या ५०,००० नाघिसकेको कम्पनीको दाबी छ ।

‘टुटल’ र ‘खल्ती’ एप प्रयोगका लागि

‘खल्ती’ एप डाउनलोड गर्न र ‘टुटल’मा पैसा राख्नका लागि यो लिंकमा  क्लिक गर्नुहोस् ।

साथै, टुटल एप डाउनलोड गर्न र ‘मोटरसाइकल ट्याक्सी’ प्रयोग गर्नका लागि, यो लिंकमा क्लिक गर्नुहोस् ।

Subscribe Now