Check, click, shop
केसीआई र लुमनको रिटेलर्स मिट सम्पन्न

काठमाडौं – केसीआई बेरिङ र लुमन फिल्टर तथा अटोमोटिभ कम्पोनेन्टको रिटलर्स मिट सम्पन्न भएको छ ।

केसीआई र लुमनको नेपालका लागि आधिकारिक वितरक कामना अटोमोटिभको आयोजनामा सो रिटेलर्स मिट सम्पन्न भएको हो ।

केसीआई बेरिङका डाइरेक्टर भविन गदानी र लुमन इन्डष्ट्रिज लिमिटेडका डाइरेक्टर आनन्द एस सेठीले आफ्नो उत्पादनको वारेमा जानकारी प्रदान गरेका थिए ।

कामना अटोमोटिभ प्रालिका अध्यक्ष सुनील रिजालले हाल वर्कसपहरु निश्चित मापदण्डमा नचलेको अवस्थामा वर्कसपहरुलाई पार्ट्स उपलब्ध गराउनका लागि आफूहरुले मेहनत गर्नुपरेको बताए । सरकारले वर्कसपको लागि निश्चित मापदण्ड बनाउन लागेको अवस्थामा भविष्यमा पार्ट्स बिक्रेताहरुले पनि त्यसै अनुसारको रणनीति बनाउन र गुणस्तरीय सामग्री उपलब्ध गराउन झनै मेहनत गर्नु पर्ने बताए ।

रिटेलर्स मिटको अवसरमा आर्थिक वर्ष २०७३र७४ मा राम्रो संख्यामा पार्ट्स बिक्री गर्ने विक्रेताहरुलाई सम्मान पनि गरिएको थियो ।

कामना अटोमोटिभ प्रालिको स्थापना २०६९ सालमा भएको हो । कामना अटोमोटिभले भारतबाट विभिन्न प्रकारका अटोमोटिभ पार्ट्स बिक्री वितरण गरिरहेको छ ।

कामना अटोमोटिभले लुमन, केसीआई, काफिला, अकाल, जीआरआर स्प्रिङ, रोलर स्प्रिङ, एसएस बोल्ट आदि अटोमोटिभ पार्ट्स र कम्पोनेन्ट आयात गरी ४ सय भन्दा बढी रिटेलर काउन्टरमार्फत व्यवसाय गर्दै आएको छ ।

 

Subscribe Now